Explore the Radio Palpa in shortly.

पोखरा र अमेरिकाको भर्जिनिया नगरका मेयरवीच भेटवार्ता

0

 


अर्थ नेपाल संवाददाता
पोखरा/पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसी, उपमेय मञ्जुदेवी गुरुङसंग अमेरिकाको भर्जिनिया शहरका मेयर क्याथोरी वीच भेटवार्ता भएको छ । भर्जिनिया शहरका मेयर क्याथोरी सहितको चार सदस्यीय टोलीले उहाँकै कार्यकक्षमा सोमबार भेटब गरेको हो ।
टोलीलाई पोखरा लेखनाथ महानगरपालिका मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङले खादा लगाएर स्वागत गरेका थिए । भेटमा पोखरा महानगपालिका र भिर्जिनिया नगर वीच भगिनी सम्वन्ध स्थापना लगायत दुई नगरवीचको परिचय, विकासका बारेमा छलफल भएको थियो । भेटमा पोखरा लेखनाथ महानगपालिका मेयर जिसीले पोखरा पर्यटकीय शहर भएको बताउदै विश्वकै उत्कृष्ट पर्यटकीय गन्तब्यका रुपमा विकास गर्ने योजना रहेको बताए ।
‘पोखरा हिमाल, ताल र धेरै जातजातीहरुको बसोबास भएको शहर हो, यो विश्कै दश उत्कृष्ट शहरभित्र पर्छ ’उनले भने । मेयर जिसीेले अन्तराष्टिय शहरका रुपमा विकास गर्ने गरि योजनाबद्ध तयारीकाले आफुहरु अगाडी बढेको बताए । उनले भर्जिनिया र पोखरावीचको सम्वधन्लाई विस्तार गदै विकासमा सहकार्य गनुपर्नेमा जोड दिए । उपमेयर मञ्जुदेवी गुरुङले पोखराको अवलोकन गदै यहाँको पर्यटन क्षेत्रमा सुधारका बारेमा सुझाव दिन आग्रह गरिन् । उनले पोखराको बसाई सुखद र रमाइलोसग विताउन आग्रह गरिन ।
भर्जिनिया मेयर क्याथोरीले भर्जिनिया शहर सानो भएको जानकारी दिदै २८ हजार नागरिक बसोबास गर्ने र चार वटा वडा रहेको बताइन् । उनले भर्जिनिय शहर वासिङटनडिसिबाट ५० माइल टाढा रहेको र ऐतिहासिक शहर भएको जानकारी दिइन् । ‘भर्जिनिया सानो शहर भएपनि यसको इतिहास लामो र महत्वपूर्ण छ ।’
उनका अनुसार भर्जिनिया जर्ज वासिङटनले बासोबार गर्ने शहर हो, त्यहीबाट उनले आन्दोलनको अगुवाई गरेको शहर पनि हो । भर्जिनिया समुन्द्र र पहाडहरुको शहर पनि हो उनले भनिन त्यहाँ राम्रो रापा खाना नदि पनि रहेको छ । उनले नेपालमा गएको भुकम्पका बेला भर्जिनियमा कन्र्सट गरेर सहयोग गरेको जानकारी समेत दिइन् । उनले लामो समयपछि भएको निवाचनमा धेरै मत अन्र्तरले विजयी भएकोमा मेयर जिसी र गुरुङलाई बधाई दिदै महानगरप्रति धेरै दायित्व र जिम्मेवारी रहेको र सफलता पुर्वक सम्पन्न गर्नेमा विश्वास ब्यक्त गरिन् । उनले पोखरा र भर्जिनिया शहर वीच सहयोग आदान प्रदानका लागी निरन्तर सम्पर्कमा रहिरहने समेत बताइन् ।

 

Leave A Reply

Your email address will not be published.