Explore the Radio Palpa in shortly.

शनिबार नारायणगढ–मुग्लिन सडक सात घण्टा बन्द

0

अर्थ नेपाल काठमाडौं /आज चितवनको नारायणगढ–मुग्लिक सडक बन्द हुने भएको छ । उक्त सडकखण्डअन्तर्गत सेतीदोभानमा रहेको जोखिमयुक्त ढुंगो पन्छाउनको लागि आज सात घण्टा सवारी बन्द गरिने भएको हो ।बिहान १० देखि ५ बजेसम्म सवारी रोकेर ढुंगा पन्छाउने काम गरिने छ । साथै भोलिदेखि कालोपत्र गर्ने स्थानमा एकतर्फी बाटो सञ्चालन हुने छ ।

भोलिबाटै एकहप्ता परीक्षणस्वरुप बिहान ७ देखि ८ः३० बजे, ११ देखि १२ बजे, १ देखि २ बजे र ३ देखि ४ बजेसम्म सडक रोकेर भित्तो काट्ने काम गरिने भएको छ ।

Leave A Reply

Your email address will not be published.