Explore the Radio Palpa in shortly.

पोखरामा सांगीतिक साँझ सम्पन्न

0


अर्थ नेपाल पोखरा /माछापुच्छ्रे नृत्य प्रशिक्षण केन्द्र पोखराको आयोजनामा सांस्कृतिक साँझ सम्पन्न भएको छ । स्थानीय कलाकारहरुको गायन तथा नृत्य रहेको उक्त कार्यक्रममा विभिन्न श्रष्टा तथा सर्जकलाई सम्मान गरिएको थियो ।

रामकृष्ण श्रेष्ठ, विनिता तामाङ, ताराबहादुर गुरुङ, नुमा लावती लगायतका कलाकारहरुले आफ्नो प्रस्तुति प्रस्तत गरेका थिए । सम्मानित हुनेहरुमा कुमार पुन, केसबहादुर गुरुङ, कर्मा गुरुङ लगायत रहेका थिए । आयोजक संस्थाका अनुसार यो कार्यक्रमबाट उठेको रकम वृद्धाश्रमलाई दिने भएको छ । संस्थाले विगत २४ वर्षदेखी विभिन्न सांस्कृतिक तथा समाजिक कार्यहरु गर्दै आएको संस्थाका प्रबन्ध निर्देशक सुवास राईले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.