Explore the Radio Palpa in shortly.

एक्लिदै ज्वाला

0

१५ मंसीर, सिमरा । निर्वाचनको संघारमा आईपुग्दा समेत पार्टी भित्रैबाट असहयोग खेपिरहेकी बारा क्षेत्र नं. ३ (क) मा बामगबन्धनकी उम्मेदवार ज्वाला साहले महिला भएर चुनाव लड्ने धेरै गाह्रो भएको बताएकी छन् । “जस्तो सोचेको थिए त्यस्तो हुन सकेन्, पार्टीकै जिम्मेवार साथीहरु निश्क्रय देखिए” उनले कपुरबोटसंग गुनासो गरिन् ।

चुनाव लड्न खर्चले समेत धौ धौ परेको उनको दुखेसो छ । दुई पटकसम्म चुनाव लडेर आफ्नो पैत्रिक सम्पत्ती समेत सकेकी ज्वालाले यसपालीको निर्वाचनमा पार्टीका साथीहरुको आर्थिक सहयोग त परैको कुरो बिपक्षीलाई सहयोग गर्दै हिडेको आरोप लगाईन् । “पार्टीका क–कस्ले कस्तो क्रियाकलाप गरी रहेका छन् त्यो सबै केन्द्रमा रिपोर्टिङ्ग भईसकेको छ” ज्वालाले भनिन् ।

नेकपा माओवादी केन्द्रले ज्वाला साहलाई प्रदेशसभाको टिकट दिए पछि पार्टीकै जिम्मेवार नेताहरुले समेत ज्वालालाई असहयोग गरेका छन् । हाल घरदैलोमा व्यस्त ज्वालालाई आफ्नै पार्टीको भन्दा नेकपा एमालेको बढि साथ मिलेको छ । ज्वालासंग घरदैलोमा समेत हिड्न आफ्नै पार्टीका नेता कार्यकर्ता बिभिन्न बहाना बनाउदै तर्कने गरेका छन् ।

Leave A Reply

Your email address will not be published.