Explore the Radio Palpa in shortly.

सिमरामा खानेपानीका लागी ५ करोड, मंसीर लगत्तै उपभोक्ता थपिने

0

१६ मंसीर, सिमरा । सुप्रिया ढकाल

सरकारको बृहत् तेस्रो खानेपानी आयोजना अन्तर्गत बाराको सिमरामा झण्डै ५ करोड बजेट आएको छ । सिमरा खानेपानि तथा सरसफाई उपभोक्ता समितिलाई प्राप्त सो बजेटबाट सिमराका सबै क्षेत्रमा चाडै खानेपानीको बिस्तार गरिने अध्यक्ष काशिम हुसैनले जानकारी दिए । सिमरामा तिब्र गतिले जनघनत्व बढे पनि खानेपानीको सुविधा सबै स्थानमा पुर्याउन कठिन भईरहेका बेला सरकारी योजनाले राहत प्रदान गरेको हुसैन बताए ।

Untitled.ffJPG
सिमराको खानेपानी ट्याङ्की

हाल जितपुरसिमरा उपमहानगरको औराहामा निर्माणाधिन खानेपानिको कार्यालय तथा ओभरहेड वाटर ट्याङ्क निर्माण भईरहेको समेत उनले जनाए । यस्तै सरकारबाट प्राप्त बजेट उपमहानगरकै वडा नम्बर ३ रामवनमा वाटर ट्याङ्क निर्माणका साथै उपभोक्तालाई सहज र सुलभ तरीकाले पर्याप्त खानेपानी आपुर्तिमा खर्च गर्ने योजना बनाईएको अध्यक्ष कासिम हुसेनले बताए ।

हाल सिमरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट उपमहानगरका वडा नम्बर १, २, ३ र ४ का ३२ सय ८९ घरधुरीले खानेपानी उपभोग गर्दै आएका छन् । आगामि पौष सम्ममा नया कार्यसमिति चयन हुने भएकाले त्यस लगतै थप घरधुरीलाई सेवा प्रभाह गरीने समितिका अध्यक्ष काशिम हुसैनले कपुरबोटलाई बताए ।

Leave A Reply

Your email address will not be published.