Explore the Radio Palpa in shortly.

बजनी हत्याकाण्डका पिडित परिवारद्धारा मतदान

0

२२ मंसिर, सिमरा । कपुरबोट डेस्क

बाराको चर्चित बजनी हत्याकाण्डका पिडित परिवारले आजको मतदान कार्यमा भाग लिएका छन् । बजनीका कृषक दिपक सुवेदी र दिपिका सुवेदीको हत्या पछि शोकाकुल बनेको परिवारका सदस्यले पनि मतदान गरेका हुन् । मृतक सुवेदीको किरियामा बसेका दाजु निराजन कुमार सुवेदीले मतदान गरेका हुन् ।

बजनी स्थित श्री नेपाल राष्टिय निम्न माध्यमिक बिद्यालय मतदान केन्द्रमा सुवेदीले मतदान गरे । मतदान गर्नु अघि कपुरबोटसंग कुराकानी गर्दै मृतकका दाजु निराजन कुमार सुवेदीले आफ्नो भाई बुहारीको हत्यारालाई चाडै पक्राउ गरी कडा कारबाही होस् भन्ने उद्धेश्यले मतदान प्रक्रियामा सहभागी भएको बताए ।

Leave A Reply

Your email address will not be published.