Explore the Radio Palpa in shortly.

संविधान दिवसमा सरसफाई, सम्मान र मैत्रीपूर्ण फुटबल

0

रेडियाे पाल्पा

पाल्पा (रामपुर) संविधान दिवसको अवसरमा पाल्पाको रामपुरमा मैत्री पूर्ण फुटबल तथा सरसफाई सम्पन्न भएको छ । रामपुर नगरपालिकाले जनप्रतिनिधि र कर्मचारी विचको मैत्रीपुर्ण फुटबल सहित नगर सरसफाई कार्यक्रम गरेको हो ।

नगरपालिकाका कर्मचारी र जनप्रतिनिधि विचको फुटबलमा कर्मचारीको टोलीलाई जनप्रतिनिधिलाई २/० ले पराजित गरेको थियो । पहिलो र दोस्रो हाफमा रामपुर अस्पतालका फार्मेसी निरिक्षक रामप्रसाद कोईरालाले १/१ गोल गरि कर्मचारीको समुहलाई जित दिलाएका थिए । यता बुुधबार विहान नगरपालिका कार्यालय परिसर, रामपुर युवा क्लवको मञ्च सहित बजार क्षेत्र सरसफाई गरिएको छ ।

सरसफाई कार्यक्रममा जनप्रतिनिधि नेपाली सेना, नेपाल प्रहरी, उद्योग वाणिज्य संघ, कर्मचारी र साथी म तिम्रो संस्थाका युवाहरुको सहभागीता रहेको थियो । सरसफाई कार्यक्रममा सहभागीहरुलाई रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
यस्तै बिभिन्न स्थानमा भएका खेलमा बिजयी हुने रामपुर नगरपालिका भित्रका खेलाडीलाई रामपुर नगरपालिकाले सम्मान गरेको छ । काठमाडौंमा भएको छैठौं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत आई टि एफ तेक्वान्दो विधामा उत्कृष्ठ खेल प्रदर्शन गरि पदक जित्न सफल स्वर्ण पदक बिजेता रामपुर ५ का दान बहादुर सारु, रजत पदक बिजेताहरु विकास मल्ल र अमृत थापा स्वर्ण र रजत पदक जिताउन उत्कृष्ठ प्रशिक्षण गर्नुभएका तेक्वान्दो प्रशिक्षक विपिन सुनामलाई प्रशंसा पत्रले सम्मान गरिएको हो ।
त्यस्तै श्रीनगर क्लबको आयोजनामा भएको स्थानीय तह स्तरीय महिला भलिवल खेलमा प्रथम स्थान हासिल गर्ने रामपुर नगरपालिकाका खेलाडीलाई सम्मान गरिएको हो । नगर प्रमुख रमण बहादुर थापा र उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यले खेलाडीलाई अविर, खादा र सम्मान पत्रले सम्मान गर्दै खेलको माध्यमबाट व्यक्तित्व विकास सँगै नगरको पहिचान कायम गर्न सक्ने खेलाडीलाई नगरपालिकाले उच्च मुल्याङ्कन गरेको बताउनुभयो । खेल जगतमा खेलाडीको उच्च स्थानको शुभकामना दिनुहुदै नगर प्रमुख थापाले खेलको विकासमा नगरपालिकाले योजना बनाएको बताउनुभयो । नगर उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यले युवाले दिएको सन्देश र विकासमा सबै लाग्न खेलले प्रेरित गरेको बताउनुभयो । यसैबिच रामपुर नगर खेलकुद विकास समितिले महिला भलिवल खेलका लागि खेलाडी चयनमा नगरपालिकाले गरेको समन्वय र खेलाडी सम्मानप्रति खुसी व्यक्त गर्दै समितिका सचिव दुर्गेश मल्लले नगरपालिकालाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रमको सञ्चालन नगरपालिकाका योजना बिद् कपिल बहादुर खाँणले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.