Explore the Radio Palpa in shortly.

मित्यालमा जबरजस्ती करणी अपराध विरुद्धको जनचेतना मूलक प्रशिक्षण सम्पन्न

0

इमान सिं राना
असोज १२,
अपराध न्यूनिकरणको लागि समाजका सरोकार वाला निकाय, जनप्रतिनिधि तथा सर्वसाधारण संग अन्तरक्रिया तथा सचेतना मुलक कार्यक्रम गर्दै आएको इलाका प्रहरी कार्यालय रामपुर पाल्पाले शुक्रबार निस्दी गाउँपालिका ४ मित्यालमा जबरजस्ती करणी अपराध विरुद्धको जनचेतना मूलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
देशव्यापी रुपमा बढ्दै गएको जबरजस्ती करणी, घरेलु हिंसा जस्ता अपराध न्यूनिकरणको लागि इलाका प्रहरी कार्यालय रामपुरले गौरी शंकर माध्यमिक विद्यालयमा कार्यक्रम गरेको हो । निस्दी गाउँपालिका वडा नं. ४ र रुक्से भञ्ज्याङ प्रहरी चौकीको संयोजनमा भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भोजराज पाण्डेयले जर्बजस्ती करणी, अपराध र विवाह सम्बन्धी कसुरको बारेमा प्रशिक्षण गर्नुका साथै के कारणबाट समाजमा यस्ता प्रकृतीका अपराधहरु घट्ने गर्दछन ? र यी अपराधहरु नियन्त्रण तथा न्यूनीकरण गर्न स्थानीय र समाजमा रहेका निकायहरुले के कस्तो भूमिका निर्वाह गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिनु भएको थियो ।
कार्यक्रममा निस्दी गाउँपालिका वडा नं. ४ का विभिन्न टोलमा बसोबास गर्ने महिला तथा पुरुषहरु सहित सयौंको उत्साहजनक सहभागीता रहेको थियो । त्यस्तै जनप्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो । वडा नं. ४ का वडा अध्यक्ष न्यो बहादुर सुनारीको अध्यक्षतमा भएको कार्यक्रम वडा सदस्य मन प्रसाद सोतीको स्वागत र वडा सचिव सहविर खन्गाहाको संञ्चालनमा भएको थियो ।

Leave A Reply

Your email address will not be published.