Explore the Radio Palpa in shortly.

विधान संशोधनको क्रममा युवाहरुलाई समेट्नु आवश्यक : कांग्रेस महामन्त्री कोइराला

0

इमान सिं राना
पाल्पा (रामपुर) नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले पार्टीको विधान संशोधनको क्रममा युवाहरुलाई समेट्नु आवश्यक रहेको बताउनु भएको छ । नेपाली कांग्रेसको विधान संशोधनको क्रममा रहेकाले युवाहरुलाई कसरी समेट्न सकिन्छ भनेर सोच्ने बेला आएको उहाँले बताउनु भयो ।
युवालाई समेट्न नसक्दा मुलुक र पार्टी पछि परेको भन्दै युवालाई कसरी देश मै स्व ः रोजगार प्रदान गर्न सकिन्छ भन्ने बारेमा सोच्नु पर्ने बताउनु भयो । नेपाली कांग्रेस चापाकोट नगर कार्यसमिति स्याङ्जाले मंगलबार सुन्टलीटारमा आयोजना गरेको बृहत आमसभालाई सम्बोधन गर्दै कोइरालाले राजनैतिक रुपान्तरण मात्र नभई समाज रुपान्तरणमा कांग्रेसले ठूलो भुमिका खेलेको बताउनु भयो । उहाँले देशको विकासको सुरुवात कांग्रेसले गरेको दावि गर्नु भयो । उहाँले कार्यकर्तालाई निराश नहुन आग्रहगर्दै नेपाली कांग्रेसको भोलीको दिन सुनौलो भएको बताउनु भयो । नेपाली कांग्रेस मिलेर जाने हो भने कांग्रेसलाई कसैले जित्न नसक्ने उहाँको भनाई थियो । त्यस्तै कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले नेकपाको सरकारले समृद्धिको नाममा जनतालाई करको भारी बोकाउने काम गरेको आरोप लगाउनु भयो । साथै उहाँले संविधानमा हरेक नागरिकलाई निशुल्क आधारभूत स्वास्थ्यको व्यवस्था गरे पनि अहिले जनताले सिटामोल सम्म पाउन नसकेको बताउनु भयो । उहाँले यो प्रवृतिको अन्त्य गर्नु आवश्यक रहेको बताउनु भयो । उहाँले समाज बदल्छु भन्ने हामी नेताहरु आफै बदलिनु आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेस स्याङ्जाका सचिव कुमार राना, नेपाल शिक्षक संघका केन्द्रिय उपाध्यक्ष भरत लम्साल लगाएतले आफ्नो भनाई राख्नु भएको थियो । नेपाली कांग्रेस चापाकोटका सभापति रामचन्द्र पंगेनीको अध्यक्षतामा भएको कार्यक्रम चापाकोट नगरपालिकाका प्रमुख शिव कुमार गिरिको स्वागत र सचिव गौरव भट्टराईको संञ्चालनमा भएको हो । कार्यक्रममा नगरका विभिन्न वडा बाट ४ सय भन्दा बढी स्थानियहरु अन्य पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका थिए । कार्यक्रमको अवसरमा कलाकारहरु राम्जी खाँण, धनश्याम रिजाल र सुनिता नेपालीको प्रस्तुति रहेको थियो ।

चापाकोट अस्पताल उट्घाटन

नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोईरालाले स्याङ्जाको चापाकोटमा चापाकोट अस्पतालको उट्घाटन गर्नु भएको छ । अस्पतालको उट्घाटनको क्रममा कोइरालाले राजनैतिक अवस्था नेपाली कांग्रेसको लागि अत्यन्त अप्ठ्यारो रहेको बताउनु भएको छ । कोईरालाले भन्नुभयो “किन भने हामी प्रतिपक्षमा छौं एमाले र माओवादी मिलेर दुई तिहाईको सरकार बनेको छ ।“ उहाँले अहिले पनि कांग्रेस अत्यन्तै बलियो रहेको बताउनुभयो । यो बलियोपनलाई आउँदो निर्वाचनमा प्रमाणित गर्न आफु सुढृध हुनु आवश्यक छ । “ उहाँले पहिलो सुधार भनेको एकता बद्ध भएर जानू आवश्यक रहेको बताउँदै तब मात्र कांग्रेस पहिलो नम्बरमा आउने उल्लेख गर्नुभयो । उहाँले अस्पताल व्यवस्थापनको लागि स्थानियहरु सक्रिय हुन आग्रह गर्नुभयो । २०७२ सालमा स्थापना भएको चापाकोट अस्पतालमा हाल १५ शैया रहेको अस्पतालमा दैनिक ८० देखि ९० को तुलनामा विरामी आउने गरेको डाक्टर विकास गुरुङले जानकारी गराउनुभयो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम चापाकोट नगरपालिकाका नगर प्रमुख शिव कुमार गिरिको स्वागत बाट सुरु भएको थियो । संञ्चालन चापाकोट नगरपालिकाका सुचना अधिकारी खगेन्द्र भण्डारीको संञ्चालनमा भएको हो ।

 

Leave A Reply

Your email address will not be published.