Explore the Radio Palpa in shortly.

सीताराम मा.वि. द्वारा सरसफाई

0

पाल्पा (रामपुर) समाज विद्यालयका लागि र विद्यालय समाजका लागि भन्ने अभियानका साथ सीताराम माध्यमिक विद्यालय रामपुर ४ सदावर्तका सरोकारवालाहरुले समुदाय संगको समन्वयमा सरसफाई गरेको छ ।
विद्यालयका अभिभावक, व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक र विद्यार्थीहरुले स्थानिय आमा समुह र क्लव संग मिलेर बुधबार सरसफाई गरेको हो । २ सय भन्दा बढीको सहभागीता रहेको टोलीले विद्यालय परिसर सरसफाई गर्नुका साथै हातेमालो चोक, भिमसेन टोल देखि सदावर्त हुँदै शान्तिदिप उद्यान पार्क सम्म सरसफाई गरेको थियो ।
साथै सरसफाई टोलीले रामपुर ४ खोप्टारमा रहेको लक्ष्मी नारायण गुठी अन्तर्गतको खोप्टारको पाटी परिसर समेत सरसफाई गरेको थियो । टोलीले सडक क्षेत्रका केही खाल्डा पुर्नुका साथै वरपरको झाडी सफा गरेको सीताराम माध्यमिक विद्यालयका अंग्रेजी माध्यम संयोजक गोविन्द भट्टराईले जानकारी दिनु भएको थियो ।
सरसफाईमा निस्कनु पूर्व सीताराम माध्यमिक विद्यालयका वद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेम बहादुर पोखरेलले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.