Explore the Radio Palpa in shortly.

युथ युनियन मटेरी वि युथ युनियन कप फुटबलको फाईनलमा प्रवेश

0

इमान सिं राना
पाल्पा (रामपुर) युथ युनियन मटेरी वि सेकेण्ड युथ युनियन कप फुटबलको फाईनलमा पुगेको छ । समुह वि को आज भएको सेमिफाईनल खेलमा कालिका युथ क्लव देविस्थानलाई २÷१ गोलले पराजित गर्दै युथ युनियन मटेरी विले फाईनल यात्रा तय गरेको हो ।
खेलको पहिलो हाफमा युथ युनियन मटेरीका लागि दिनेश कार्कीले १ गोल गरेका थिए । कालिका युथले भने पहिलो हाफमा गोल गर्न सकेन । दोस्रो हाफमा युथ युनियका कार्कीले नै पुन एक गोल गरे । युथ युनियनले दुई गोल पछि दोस्रो हाफमा कालिका युथ क्लवका सुमन थापाले एक गोल गरेका थिए । समुह ए अन्तर्गतको सेमिफाईनल खेल साेमबार विहान ७ बजे वि नाईन ब्वाईज विजयपुर र भम्बक युनाईटेड विच हुनेछ । फाईनल खेल दिउँसो ३ बजे हुने आयोजक युथ युनियन मटेरीले जनाएको छ ।
गत असोज २५ गते वडा दशैंको अवसरमा युथ युनियन मटेरीले संञ्चालन गरेको प्रतियोगिताको साेमबार विधिवत रुपमा समापन गरिने क्लवका अध्यक्ष अमिर रानाले बताए । प्रतियोगिता समापन तथा पुरस्कार वितरणको अवसरमा सांस्कृति कार्यक्रम पनि गरिदै छ । सेकेण्ड युथ युनियन कप फुटबलको उपाधी विजेता समुहले नगद ५० हजार र उपविजेताले नगद २५ हजार साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

Leave A Reply

Your email address will not be published.