Explore the Radio Palpa in shortly.

नव दुर्गा समाज सेवा बाल क्लवको १८ औं वार्षिक उत्सव सम्पन्न

0

पाल्पा (रामपुर) नव दुर्गा समाज सेवा बाल क्लव रामपुर नगरपालिका ४ मौलाथर पाल्पाले आफ्नो स्थापनको १८ औं वार्षिक उत्सव विविध कार्यक्रम गरी मनाएको छ । क्लवले कालरात्रीको अवसरमा मौलाथरमा रहेको कोटघरमा साँस्कृतिक कार्यक्रम गरी वार्षिक उत्सव मनाएको हो ।
क्लवका अध्यक्ष सुजता आलेको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिका ४ का वडा सदस्य तिर्थ थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी थापाले समाजका विकृति उन्मुलनका लागि सचेतनात्मक कार्यक्रम गर्दै अघि बढ्न आग्रह गरेका थिए । गाउँपोखरा टोल सुधार समितिका संयोजक पदम बहादुर आले, रेन्झा क्लव वडा नं. ४ का अध्यक्ष विमल राना, रेडियो पाल्पाका इमान सिं रानाले समाजका मौलिक परम्परा र संस्कृतिको संरक्षणमा लाग्नु सबैको दायित्व भएको बताउँदै क्लवले गरेको कार्यको प्रशंसा गरेका थिए ।
क्लवले कालरात्रीको अवसरमा क्लवका सदस्यहरुको नृत्य प्रस्तुत गरिएको थियो । क्लवले रातभर सांस्कृतिक कार्यक्रम गरेको हाे । क्लवका सचिव चन्द्रिका रानाको स्वागत बाट सुरु भएको कार्यक्रमको संञ्चालन रुद्र नेपालीले गर्नु भएको हो ।

Leave A Reply

Your email address will not be published.