Explore the Radio Palpa in shortly.

रामपुरमा आज देखि प्रथम भम्बक युनाइटेड कप सुरु

0


पाल्पा (रामपुर) रामपुर नगरपालिका ५ पाल्पामा आईतबार देखि प्रथम भम्बक युनाइटेड कप अन्तर्गत सेभेन ए साईड फुटबल प्रतियोगिता सुरु भएको छ । सामुदायिक रेडियो रामपुरको परिसर सानीअमराईमा भएको प्रतियोगिता भम्बक युनाइटेड युथ क्लब रामपुर ५ को आयोजनामा भएको हो ।
खेलको रामपुर नगरपालिका वडा न. ५ का वडाध्यक्ष हिमाल मल्लले रिवन काटेर र नगर खेलकुद बिकास समिति रामपुरका अध्यक्ष शंकर बहादुर खाणले रेफ्रीलाई फुटबल हस्तान्तरण गरेर उट्घाटन गर्नु भएको थियो । भम्बक युनाइटेड युथ क्लबका अध्यक्ष लक्ष्मण मल्लको अध्यक्षतामा भएको खेल उद्घाटन कार्यक्रम सहसचिव अन्जना सिंहको स्वागत र सचिब गोबिन भट्टराईको सन्चालनमा भएको हो ।
आईतबारै भएको उद्घाटन खेलमा आयोजक भम्बक युनाइटेड युथ क्लब “सी“ ले रिभर साइड युथ क्लब चापाकोट बेलचौरलाई २÷१ गोलले पराजित गरेको छ । खेलको पहिलो हाफमा आयोजक सीको तर्फ बाट सनम रानाले २ गोल गरेका थिए । लगतै रिभर साईडका गुप्तले एक गोल गरी बराबरीमा पु¥याएका थिए । दोस्रो हाफको अन्तमा आएर आयोजक सीका लागि पुन सनम रानाले एक गोल गर्दै आफ्नो समुहलाई अग्रता दिलाएका हुन् ।
सोमबारको खेल बिहान ८ बजेदेखी हुनेछ । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय स्थान हासिल गर्ने समुहले क्रमश नगद ३० हजार, २० हजार र १० हजार सहित साथमा ट्रफी मेडल र प्रमाण पत्र हात पार्ने छन् ।

Leave A Reply

Your email address will not be published.