Explore the Radio Palpa in shortly.

छिमेक लघुवित्तको आयोजनामा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

0

पाल्पा (रामपुर) छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेड रामपुर शाखा पाल्पाले गण्डकी वेशी क्षेत्रका विभिन्न स्थानमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले ४ दिने वित्तिय साक्षरता अभियान सञ्चालन गरी पाल्पाको र स्याङ्जाको ४ स्थानाम वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

मंसिर ३ गते स्याङ्जाको हरिनास गाउँपालिका ६ क्याक्मी बाट सुरु भएको अभियान विहिबार रामपुर नगरपालिका ३ रजघरा पाल्पामा कार्यक्रम गरी अभियान सम्पन्न गरेको हो । संस्थाले चापाकोट नगरपालिका ८ दामाचौर र रामपुर नगरपालिका १० रामटारमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको थियो । पूँजी निर्माण गरी बचत कसरी गर्ने, पारिवारिक बजेट निर्माण गरी आर्थिकस्तर कसरी उकास्ने तथा कर्जाको सदुपयोग कसरी गर्ने भन्ने विषयमा जानकारी दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको थियो ।

रजघरा बजारमा भएको कार्यक्रममा छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेड केन्द्रिय कार्यालयका अनुगमन प्रमुख टेकराज पन्तले संस्थाका सदस्य तथा अभिभावकहरुलाई पारिवारको बजेट निर्माण, आयआर्जनको माध्यम, कर्जाको सदुपयोग तथा बचतका बारेमा जानकारी दिदै आर्थिक रुपान्तरण तर्फ लाग्न आग्रह गर्नु भएको थियो । साथै उहाँले संस्थाको सेवा सुविधा, भावी रणनिती लगाएतका विषयमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेडका फिनलिट प्रशिक्षक द्वय बालकृष्ण जोशी, अर्जुन शर्मा र छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेड रामपुरका ओम प्रकाश बुढाले सहजीकरा गर्नु भएको थियो । कार्यक्रमको संयोजक छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेड रामपुरका शाखा प्रबन्धक सरोज पाठकले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.