Explore the Radio Palpa in shortly.

सहयोगी बचत तथा ऋण सहकारीकोे छैठौं साधारण सभा सम्पन्न

0

इमान सिं राना

पाल्पा (रामपुर) सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाले छैठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । राम्चे सामुदायिक वनको सभाहलमा शुक्रबार कार्यक्रम गरी सहकारीले वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

साधारण सभाको उट्घाटन गर्दै रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवी घिमिरे आचार्यले सञ्चालक समिति, कर्मचारी र शेयर सदस्य विचको समन्वयले मात्र सहकारी बलियो हुने बताईन् । साथै उनले सहकारीको गतिविधिको बारेमा सेयर सदस्यहरुले चासो राख्नु आवश्यक रहेको बताएकी थिईन् ।

रामपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष एवं रामपुर नगरपालिका आर्थिक विकास समितिका संयोजक हुमनाथ न्यौपानेले सहकारीको नियमन, अनुगमन  डिभिजन सहकारी बाट स्थानिय तहमा आए पनि ऐन कानुनको अभावमा स्थानिय तहहरु अलमलमा रहेको उल्लेख गरे । कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष हिमाल मल्लले सहकारी सञ्चालनको क्रममा चोरी डकैटी लगाएतका विभिन्न चुनौति आएको भन्दै उचित सुरक्षालाई विशेष ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा सहकारीका सल्लाहाकार सदस्य नेत्र प्रसाद भट्टराई, रामपुर नगर कार्यपालिका न्ययिक समितिका सदस्य विष्णु प्रसाद बस्याल, रामपुर उद्योग वाणिज्य संघका महासचिव खिम बहादुर केसी, सञ्चालक समिति सदस्य हरि प्रसाद अधिकारी, सरस्वती डोटेल, सञ्चालक समितिका पूर्व सदस्य दोवराज तिवारी, महिला उपसमिति संयोजक शशी जिसी, सेयर सदस्य शालिकराम सिग्देल र पत्रकार शुसिला रेग्मीले बोल्दै सहकारीले समाजमा नाम जस्तै सहयोगीको रुपमा काम गरेको र आगामी दिनमा उत्पादन मूलक क्षेत्रमा लागानी गर्नु आवश्यक रहेको बताएका थिए । कार्यक्रममा सञ्चालक समितिका कोषाध्यक्ष तिलक बहादुर मल्लले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत वर्ष सहकारीले ३० करोड ४९ लाख ३५ अजार ५ सय ९२ बराबरको कारोबार गरेको बताए । सञ्चालक समितिका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले सहकारीको भावी योजना र रणनीति सहितको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको वर्तमान अवस्थाको बारेमा व्यवस्थापक रामचन्द्र ढुङ्गानाले जानकारी दिएका थिए ।

साधारण सभाको अवसरमा सहकारीले विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्नुका साथै उत्कृष्ट बालबचत पुरस्कार बाट स्मृति श्रेष्ठ र अक्षय गौतम, नियमित बचत कर्ता शंकर प्रसाद अर्याल र असल ऋणी पुरस्कार बाट जीत कुमारी थापालाई पुरस्कृत गरेको थियो । सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालको अध्यक्षतामा भएको कार्यक्रम, सहकारीका सञ्चालक समिति सदस्य सावित्रा गौतमको स्वागत, दुर्गा प्रसाद भट्टराईको धन्यवाद र सचिव रामप्रसाद ढकालको सञ्चालनमा भएको थियो । सहकारीमा हाल १ हजार ७६ जना विभिन्न शेयर सदस्य रहेका छन् ।

Leave A Reply

Your email address will not be published.