Explore the Radio Palpa in shortly.

नेपाल पत्रकार महासंघ पाल्पाको ११ औं साधारण सभा रामपुरमा सम्पन्न, रेडियो पाल्पाका दुर्गेश मल्ल सहित ८ पत्रकार पुरस्कृत

0

इमान सिं राना
पाल्पा (रामपुर) १५ बुँदे रामपुर घोषणा पत्र–२०७५ जारी गर्दै नेपाल पत्रकार महासंघ पाल्पा शाखाको ११ औं साधारण सभा तथा २६ औं स्थापना दिवस सम्पन्न भएको छ ।
महासंघको साधारणसभाले पत्रकारहरुको क्षमता विकास र संस्थागत विकासमा जोड दिने, पत्रकारहरुको पारिश्रमिक श्रमजिवी ऐन अनुसार कार्यान्वयन गर्न पहल गर्ने, पर्यटकिय गन्तव्यको रूपमा परेको रामपुरको तालपोखरा लगाएत अन्य पर्यटकिय क्षेत्रको विकास र प्रचार प्रसारको लागि आह्वान गर्ने, पूर्वी क्षेत्रका पर्यटकिय क्षेत्रहरुको प्रचार प्रसारमा सहयोग गर्ने, हत्या हिम्सा देशभर बढेको भन्दै पत्रकारको सुरक्षाको ग्यारेन्टी संगै बिराटनगरमा सम्पन्न बैठकमा उठेको विधान संशोधनलाइ सहमति जुटाउदै संशोधनको जोडदार माग गर्ने लगाएतका निर्णय गरेको हो ।


साधारण सभाको उट्घाटन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले समानुपातिक विज्ञापन नीति लागू भए मात्र मोफसलका संचार माध्यम बलियो हुने बताउनु भयो । आचार्यले समानुपातिक विज्ञापन नीति कार्यान्वयन नहुँदा राज्यले छुट्याएको अरबौं रुपैयाँको विज्ञापन केन्द्रको एउटै सञ्चार माध्यममा पुगेको बताउनुभयो । उहाँले सरकारले वा कुनै राजनितिक दलले प्रेस स्वतन्त्रता माथि अंकुश लगाउन खोजे जो सुकै पतन भएर जाने बताउनु भयो । उहाँले हरेक राजनितिक दल सत्ता बाहिर हुँदा प्रेस स्वतन्त्रताको कुरा गर्ने तर सत्तामा पुगि सकेपछि प्रेस स्वतन्त्रता माथि अंकुश लगाउने प्रबृत्ति राजनितिक दलमा रहेको बताउनुभएकोे छ ।
कार्यक्रममा पूर्व उद्योग मन्त्री एवं उच्चस्तरिय राजनतिक वार्ता समितिका संयोजक टोलीका संयोजक सोमप्रसाद पाण्डेले मुलुक सम्बृद्धिको चरणमा रहेकोले यसको लागी संचार माध्यम र पत्रकारको महत्वपूर्ण भुमिका रहने बताउनुभयो । उहाँले राज्यले अधिकार स्थानिय तहमा दिएको बताउँदै विकासका निम्ति केन्द्रलाई मात्र दोष दिन नहुने बताउनुभयो । कार्यक्रममा प्रदेश नं. ५ का प्रदेश सांसद नारायाण आचार्यले पत्रकारहरुलाई समय सापेक्ष अघि बढ्नु आवश्यक रहेको बताउनुभयो । पाल्पा प्रकृतिक हिसाबले सम्भावना रहेको क्षेत्र भएको भन्दै सम्भावनाको उजागर गर्न दत्तचित्त भएर लाग्न आग्रह गर्नुभयो ।
प्रदेश सभा सांसद युवराज खनालले देशको परिवर्तनमा पत्रकारिताको भुमिका उलेख्य रहेको उल्लेख गर्दै यथार्थ सुचना प्रवाह गर्न आग्रह गर्नुभयो । प्रदेश सभा सांसद एवं नेपाली काँग्रेस पाल्पाका जिल्ला सभापति विर बहादुर रानाले राज्यको दृष्टि नपुगेको ठाउँमा पनि पुगेर समस्या समाधानमा पत्रकारले खेलेको भुमिकाको चर्चा गर्दै आज विधि विधानलाई बलियो गराउनु भन्दा व्यक्तिलाई बलियो गराउन तर्फ लागेको बताउनुभयो ।समग्र जनतालाई केन्द्रमा राखेर , अतिबादको अन्त्य गरी अघि बढ्न नसक्दा सम्म मुलुकको समृद्धि नहुने बताउनुभयो । रानाले लोकतन्त्रको पहरेदारको रुपमा रहेको पत्रकार कमजोर हुँदा लोकतन्त्र नै कमजोर हुने बताउनुभयो ।
कार्यक्रममा प्रदेश सभा सांसद पुरमती ढेंगाले पत्रकारहरुलाई सत्य सुचना प्रवाह गर्न आग्रह गर्नुभयो । जिल्ला समन्वय समितिका संयोजक दयाराज बस्याल, पाल्पाका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद भट्टराई, नेपाल पत्रकार महासंघ प्रदेश नं. ५ का उपाध्यक्ष भरत केसी, रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा, प्रेस स्वतन्त्रता सेनानी मेघराज शर्मा, रिव्दिकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसी, रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारी, पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापा, निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारु, पूर्व अध्यक्ष गोविन्द भट्टराई, नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष झपेन्द्र गहिरे, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन प्रसाद श्रेष्ठ, पाल्पा व्यापार संघका अध्यक्ष चिरञ्जीवी पोखरेल, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष भगवान भण्डारी, सदस्य सोमनाथ अर्यालले बोल्दै लोकतन्त्र र प्रेस स्वतन्त्रताको लागि लडेको लडाईले मुर्त रुप पाएको र सम्भावनाको खोजी संगै समृद्धिका पक्षमा र भ्रष्टचारको विरुद्धमा कलम चलाउन आग्रह गरेका थिए ।
होटेल न्यू श्रीनगरको सभाहलमा भएको कार्यक्रम नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेश कुमार अर्यालको अध्यक्षता, उपाध्यक्ष भरत शर्माको स्वागत र सचिव किरण कौशलको सञ्चालनमा भएको हो ।
           

    रेडियो पाल्पाका दुर्गेश मल्ल सहित ८ पत्रकार पुरस्कृत


नेपाल पत्रकार महासंघ जिल्ला शाखा पाल्पाको ११ औं साधारण सभाको अवसरमा रेडियो पाल्पामा कार्यरत दुर्गेश मल्ल सहित जिल्लाका ८ पत्रकार पुरस्कृत भएका छन् ।
नगद १० हजार राशी र सम्मान पत्र सहितको ग्रामिण पत्रकारिता पुरस्कार बाट रेडियो पाल्पामा कार्यरत दुर्गेश मल्ल र सामुदायिक रेडियो रामपुरमा कार्यरत सृजना घिमिरे पुरस्कृत भएको हो । नगद १२ हजार ५ सय राशी र सम्मान पत्र सहितको उत्कृष्ट पत्रकारिता पुरस्कार बाट सुर्योदय टेलिभिजनमा कार्यरत राजेन्द्र लिगल, सगरमाथा टेलिभिजन र राजधानी दैनिकमा कार्यरत किरण कौशल पुरस्कृत भएको छ ।
नगद ७ हजार ५ सय राशी र सम्मान पत्र सहितको सृजनशिल पत्रकारिता पुरस्कार बाट सामुदायिक रेडियो मदनपोखराका रिमा सोमै, समुदायिक रेडियो रामपुरका सुशिला रेग्मी, ईरानीमहल डट कमका सम्पादक अमृत अधिकारी र रेडियो कुटुम्बका स्टेशनम्यानेजर नारायण न्यौपानेलाई पुरस्कृत गरेको हो ।

 

Leave A Reply

Your email address will not be published.