Explore the Radio Palpa in shortly.

खुल्ला पुरुष डब्बल व्याटमिन्टन प्रतियोगिताकाे उपाधी हिमालयन क्लवलाई

0

इमान सिं राना
पाल्पा (रामपुर) दोस्रो रामपुर महोत्सवको अवसरमा आयोजित खुल्ला पुरुष डब्बल व्याटमिन्टन प्रतियोगिता मंगलबार सम्पन्न भएको छ ।
रामपुर उद्योग वाणिज्य संघको मुख्य आयोजना र रामपुर व्याटमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको उपाधी हिमालयन क्लव बाटुली चौर पोखराका विशाल बस्नेत र विधान अधिकारीले जितेको छ । फाईनल खेलमा सोझो सेटमा तानसेनका महेश्वर नेपाल र विनोद पौडेललाई पराजित गर्दै हिमालयन क्लवले उपाधी जितेको हो । यस संगै तानसेनका महेश्वर नेपाल र विनोद पौडेलले द्वितीय स्थानमा चित्त बुझाएको छ ।
त्यस्तै रामपुरका शंकर बहादुर खाँण र भानु शाही र गुल्मीमा कृष्ण पुलामी र मेघ राहादीले तृतिय स्थान हासिल गरेको छ । प्रतियोगितामा विजेता प्रथम, द्वितीय र तृतिय समुहले क्रमश नगद २५ हजार, १५ हजार र १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका छन् । प्रतियोगितामा विजयी खेलाडीहरुलाई प्रदेश सभा सदस्य युवराज खनाल, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, जिल्ला खेल कुद विकास समितिका सदस्य कमल सेन र नगर खेलकुद विकास समितिका अध्यक्ष शंकर बहादुर खाँणले प्रदान गरेका थिए ।

Leave A Reply

Your email address will not be published.