Explore the Radio Palpa in shortly.

इण्डो नेपाल आमन्त्रित खुल्ला पुरुष भलिबलको उट्घाटन खेल आर्मी र तनहुँ विच हुने

0

इमान सिं राना
पाल्पा (रामपुर) गत पौष २७ देखि रामपुरमा सुरु भएको दोस्रो रामपुर महोत्सव तथा व्यापार मेला अन्तर्गत आज देखि इण्डो नेपाल आमन्त्रित खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु हुँदै छ ।
मेलाको मुख्य आकर्षणको रुपमा रहेको भलिबल प्रतियोगिता रामपुर उद्योग वाणिज्य संघको मुख्य आयोजना, रामपुर भलिबल संघको आयोजना र नगर खेलकुद विकास समितिको समन्वयमा हुन लागेको हो । माघ ७ गते सम्म सञ्चालन हुने प्रतियोगिता आज दिउँसो २ बजे बाट सुरु हुँदैछ ।
आजको उद्घाटन खेल त्रिभुवन आर्मी क्लव र तनहुँ विच हुने खेल संयोजक शंकर बहादुर खाँणले जानकारी दिनु भयो । प्रतियोगितामा नेपाल र भारतका ८ समुहको सहभागीता रहने छ । प्रतियोगितामा भारतका देवरिया भलिबल क्लव र लखनउ भलिबल क्लव, नेपालको तर्फ बाट त्रिभुवन आर्मी क्लव, प्रदेश नं. ४, मणि मुकुन्द भलिबल क्लव, चापकोट, तनहुँ र रामपुर भलिबल संघको सहभागीता रहने छ ।
प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने समुहले क्रमश नगद १ लाख ५० हजार, १ लाख र ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् ।

Leave A Reply

Your email address will not be published.