Explore the Radio Palpa in shortly.

डेढगाउँमा ट्याक्टर बाट खसेर एक किशोरको ज्यान गयो

0

ऋषिराम पौडेल
बौदीकाली (नवलपुर) बौदीकाली गाउँपालिका २ डेढगाउँमा ट्याक्टर बाट खसेर एक किशोरको ज्यान गएको छ । नदी बाट बालुवा लिएर गैरहेको ग १ त ५१७४ नम्बरको ट्याक्टर बाट खस्दा बौदीकाली २ डेढगाउँका १६ वर्ष सुदिप नेपाली ज्यान गएको हो ।
बालुवा लोड गरेर फर्कने क्रममा वडा नं. २ को कार्यालय नजिकै डोजरलाई साईड दिने क्रममा नेपाली खसेका थिए । उनलाई ट्याक्टरले कुल्चेको इलाका प्रहरी कार्यालय डेढगाउँका प्रहरी नावय निरिक्षक बाबुराम पुरीले बताए । गम्भीर घाईते नेपालीलाई उपचारका लागि रकुवा प्राथमिक स्वास्थ्य केन्द्रमा लैजान साथ मृत घोषणा गरेको थियो । ट्याक्टर चालक र ट्याक्टर भने प्रहरीको नियन्त्रणमा रहेको छ । मृतक नेपालीको शव पोष्टमार्टमका लागि दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ ।

Leave A Reply

Your email address will not be published.