Explore the Radio Palpa in shortly.

दशैं तिहारका गीतहरुको भिडमा “परदेशीले भुल्यो”

0


पाल्पा (रामपुर) हिन्दु नेपालीहरुको महानपर्व दशैं तथा तिहार नजिकिदै गर्दा बजारमा दशैं तिहारका गीतहरु धमाधम आउन थालेका छन् । गीत संगितका सर्जकहरु विच नयाँ नयाँ प्रस्तुति ल्याउने होडबाजी नै चलेको छ ।
यस्तै गीतसंगितको माहोलमा एम पि कृयसन मार्फत “परदेशीले भुल्यो” बोलको लोकदोहोरी गीत तथा भिडियो बजारमा आएको छ । मधुकर थापा मगरको शब्द र पुरुशोत्तम सत्यालको लयमा रहेको गीतमा पुरुशोत्तम सत्याल र पुर्णकला बिसीले आवाज दिएका छन् ।
भिडियोमा मधुकर थापामगर र साया भण्डारीको अभिनय रहेको छ । जसको निर्देशन भिम थापा, क्यामेरा डिबि रौले र सम्पादन प्रबिन रेस्मी मगरले गरेका हुन् । जुन गीत नेश्नल फेस्टिबल म्युजिक अवार्ड २०७६ को उत्कृष्ट पाँच मनोनयनमा पर्न सफल भएको छ । शब्द र लय गरि दुई विधामा मनोनयनमा पर्न सफल भएको हो ।
(भिडियो हेर्न तलको लिङ्क क्लिक गर्नुहोला)

Leave A Reply

Your email address will not be published.