Explore the Radio Palpa in shortly.

युथ युनियन कपमा शुक्रबार क्वाटर फाईनलका ४ खेल सम्पन्न

0

इमान सिं राना
पाल्पा (रामपुर) रामपुर ५ मटेरी ठूलोटारमा जारी तेस्रो युथ युनियन कप २०७६ अन्तर्गत भैरहेका खुल्ला फुटबलमा शुक्रबार क्वाटर फाईनलका ४ खेल सम्पन्न भएको छ ।
यस संगै क्वाटर फाईनलको एक खेल बाँकी रहेको छ । क्वाटर फाईनलको पहिलो खेल आयोजक युथ युनियन मटेरी ए र जनजागृती युवा क्लव रामपुर ८ कुमराङ्ग विच भएको थियो । जसमा युथ युनियन मटेरी ए ५/१ गेल अन्तरले विजयी भएको छ । दोस्रो खेल कालिका युथ क्लव रामपुर ४ देविस्थान र सिज नेपाल रामपुर ४ सदावर्त विच भएको थियो । खेलमा सिज नेपाल सदावर्त २/० गोलले विजयी भएको छ ।

तेस्रो खेल वि नाईन व्वाईज रामपुर ६ विजयपुर र रिभ भ्याली युथ क्लव रामपुर ६ तिलकपुर विच भएको थियो । यस खेलमा वि नाईन व्वाईज ३/० ले विजयी भएको छ । आयोजक युथ युनियन मटेरी वि र ज्योति पुञ्ज युवा क्लव रामपुर ७ किसान बारी विच भएको चौथो खेलमा प्रतियोगितामा ३/० ले ज्योति पुञ्ज विजयी भएको छ । क्वाटर फाईनलको अन्तिम शनिबार विहान ९ बजे खेल टि एफ सि चापाकोट र ज्योति पुञ्ज युवा क्लव विच हुनेछ । सेमिफाईनलको पहिलो खेल सिज नेपाल रामपुर ४ सदावर्त र युथ युनियन मटेरी ए विच हुने छ । साथै दोस्रो खेल अन्तिम क्वाटर फाईनलको विजेता र विनाई व्वाईज विच हुने खेल संयोजक कमल रानाले बताउनुभयो ।
प्रतियोगितामा विजयी समुह नगद ५० हजार र उपविजेताले ३० हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा १७ समुहको सहभागीता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.