Explore the Radio Palpa in shortly.

तेस्रो युथ युनियन कपको फाईनल खेल आज

0

इमान सिं राना
पाल्पा (रामपुर) रामपुर ५ मटेरी ठूलोटारमा जारी तेस्रो युथ युनियन कप २०७६ अन्तर्गत भएको खुल्ला फुटबल प्रतियोगिताको आज फाईनल खेल हुँदैछ ।
फाईनल खेलमा युथ युनिय मटेरी ए र वि नाईन व्वाईज विजयपुर विच उपाधिको लागि प्रतिस्पर्धा हुँदैछ । १४ गते देखि जारी खुल्ला फुटबलमा शनिबार भएको सेमिफाईनलमा सिज नेपाल रामपुर ५ सदावर्तलाई ५÷१ गोल अन्तरले पराजित गर्दै युथ युनियन मटेरी फाईनलमा पुगेको थियो । त्यस्तै चापाकोट युनाईटेड क्लव चापाकोटलाई १÷० गोलले पारजित गर्दै वि नाईन व्वाईज रामपुर ६ विजयपुर फाईनलमा प्रवेश गरेको हो ।
फाईनल खेल दिउँसो १ बजे हुने आयोजकले जनाएको छ । विजय दशमी तथा शुभदिपावलीको अवसरमा युथ युनियन मटेरीको आयोजनामा भएको प्रतियोगितामा १७ समुहको सहभागीता रहेको थियो । विजयी समुहले नगद ५० हजार र उपविजेताले ३० हजार प्राप्त गर्नेछन् ।

Leave A Reply

Your email address will not be published.