Explore the Radio Palpa in shortly.

श्रमिक वर्गलाई राहत वितरण गर्दै इस्लामिक सक्रिय युवा समाज

0

दुर्गेश मल्ल
पाल्पा (रामपुर) विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण बाट सरकारले घोषणा लकडाउनको प्रभाव देशैभर परेको छ । बजार तथा गाउँमा मानिसहरु आवतजावत नभएका कारण सुनसान बनेको छ । महामारि बाट जोगिन स्थानियहरुले पनि सर्तकर्ता अपनाउँदै गएको छ ।

संक्रमण फैलिन नदिनका लागि गरिएको लकडाउनले ज्याला मजदुरी गरेर जीवन निर्वाह गरेका परिवार भने प्रत्यक्ष मारमा परेका छन् । उद्योग तथा निर्माण क्षेत्रका काम थप्प बनेका छ । यस संगै खाद्यसामाग्री आपुर्ति नहुनु र त्रासले पसलहरु बन्द हुँदा उनीहरु दैनिकी थप कष्टकर बनेको छ । दैनिक ज्यालाको आधारमा जिविको पार्जन गर्दै आएका स्थानियहरुको सहजताको लागि केही संघ संस्थाहरुले अभियानको थालनी गरेको छ । इस्लामिक सक्रिय युवा समाज रामपुर पाल्पाले पहिलो चरणमा रामपुर क्षेत्रका १ सय घर परिवारलाई खाद्यान्न वितरण सुरु गरेको छ । लकडाउन बाट प्रभाबित श्रमजीवी परिवारलाई दाल,चामल, च्युरा, तेल र नुन लगाएतका खाद्यान्न हस्तान्तरण गरेको हो ।

समाजले समाजसेवी व्यक्तित्वहरुको सहयोगमा खाद्यान्न खरिद गरी वितरण गरेको हो । पहिलो चरणमा १ सय घर परिवारलाई प्रतिपरिवार १० केजी चामल, २ केजी चिउरा, २ केजी दाल, २ लिटर खाने तेल, १ केजी चिनी र १ केजी नुन वितरण गरिएको समाजका अध्यक्ष ल्याकत अलीले जानकारी दिए । उनका अनुसार इस्लामिक सक्रिय युवा समाजले पाल्पा रामपुरका कम्तीमा ५० परिवारलाई खाद्यान्न सामग्री सहयोग गर्ने अभियानको थालनी गरिएको बताए । उनले भने, ‘विश्व नै महामारीको चपेटामा रहेको छ । यस संगै दैनिक ज्यालादारी मजदुरहरुमा थप समस्या नपरोस भन्ने उद्देश्यले खाद्यान्न वितरण गरिएको हो ।’ समाजका सदस्य रहिम मियाँले विदेशमा रहेका संस्थाका सदस्य र स्थानिय समाजसेवीहरुको बिशेष सहयोगमा खाद्यान्न वितरण गरिएको बताए ।

Leave A Reply

Your email address will not be published.