Explore the Radio Palpa in shortly.

रामपुर  नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा आदर्श भूपू सैनिक सँस्था रामपुर पाल्पा द्वारा नगद सहयाेग

0

 

दु्र्गेश मल्ल

Simplify3D Crack

Iobit Advanced Systemcare Pro Crack

रामपुर /पाल्पा      रामपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा विभिन्न संघ संस्था तथा व्यक्तिहरु मार्फत रकम संकलन भैरहेको छ । कोरोना भाईसर बाट संक्रमण बाट जोगाउन घोषणा गरिएको लकडाउन संगै प्रभावित बनेका दैनिक ज्यालादारी श्रमिक, अति विपन्न र अशक्त परिवारका लागि राहत वितरणमा सरकारले एक द्वार प्राणाली अबलम्बन गरे संगै नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा नगद तथा जिन्सी संकलन हुन थालेको हो ।

विपद व्यवस्थापनको लागि आज आदर्श भूपू सैनिक संस्था रामपुर पाल्पाले पनि २० हजार रुपैयाँ हस्तान्तरण गरेको छ । संस्थाका अध्यक्ष सुवेदार राजकुमार श्रेष्ठ, भूपू सैनिक राईजिङ्ग इङ्गलिश बोर्डिङ्ग स्कुलका व्यवस्थापन समिति अध्यक्ष क्याप्टेन देव बहादुर थापा मश्राङ्गी, आदर्श भूपू सैनिक संस्थाका सल्लाहाकार संयोजक सुवेदार केशर बहादुर खाँण र संस्थाका सचिव अनेरी नायव सुवेदार पूर्ण बहादुर रानाले नगरपालिका मै पुगेर नगर प्रमुख रमण बहादुर थापालाई रकम हस्तान्तरण गर्नु भएको हो ।

रकम हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष श्रेष्ठले लकडाउनको समयमा समस्यामा रहेका श्रमजिवी वर्गको सहयोगको लागि नगरपालिका लागि परेको सन्दर्भमा केही राहत होस भन्ने उद्देश्यले सहयोग गरिएको बताउनुभयो । रकम ग्रहण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले नगरले संघ संस्था बाट प्राप्त सहयोगले कोरोना विरुद्धको लडाईमा केही भएपनि राहत मिल्ने बताउनुभयो । थापाले विश्वका सुविधा सम्पन्न देशलाई नै कोरोनाले चुनौति दिईरहेको सन्दर्भमा हाम्रो जस्तो विकासोन्मुख मुलुकमा लकडाउन पालना गर्नुको अर्को विकल्प नभएको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.