Explore the Radio Palpa in shortly.

वालिङ ५ मा खोलाले बगाएर एक व्यक्तिको मृत्यु

0

तिलक गुरुङ
वालिङ, वालिङ नगरपालिका ५ मा खोलाले बगाएर एक व्यक्तिको मृत्यु भएको छ । अविरल बर्षाका कारण बाढीले बगाएर एक जनाको मृत्यु भएको हो ।

सुनौल नगरपालिका ७ घर भई वालिङ ७ केवरे सपाउदे दिदीको घरमा बस्दै आएका बर्ष २३ का लोकबहादुर थापा दमाईको मृत्यु भएको हो । गए राति वालिङ ५ लसुने खोला पुल बाट खसेका उनलाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।

Windows 10 Product Key Generator.

उनको शव वालिङ ६ ढलेको स्वामी मिर्दी खोलाको किनारमा फेला परेको थियो । पोष्ट मार्टम गरी परिवारलाई बुझाईएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी प्रमुख निरन्जन घिमिरेले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.