Explore the Radio Palpa in shortly.

राती सुत्दा भान्सा कोठामा किन कहिल्लै जुठो भाडा राख्नु हुँदैन ?

0

१) खाना खाएपछि भान्सा कोठामा जुठो भाडा कहिले नराख्नुहोस् । यदि रातमा भाडा माझ्न सकिदैन भने पानीले पखालेर मात्र भएपनि राख्नुहोस् तर जुठो नराख्नुहोस् । जुठो राख्नाले धन हानी हुन्छ ।

२) घरको मुख्य ढोका अगाडी फोहोर कहिले नराख्नुहोस, यसो गर्नाले छिमेकी शत्रु बन्न पुग्छन्।

३) घरमा बनाईएको पुजा स्थल अथवा मन्दिरको ईशान कोणमा सधै कलशमा पानी भरेर राख्नुहोस । यसो गर्दा घरमा बस्ने मान्छेको लागि शुभ हुन्छ ।

४) सुर्यास्तको समयमा कसैलाई पनि दुध,दही या प्याज नदिनुहोस् । यसो गर्नाले घरको सुख शान्ति र सम्पत्ति नष्ट हुन जान्छ ।

५) सुत्ने ओछ्यानमा बसेर खाना कहिले नखानुहोस् । यसले घरमा अशान्ति निम्त्याउँछ ,साथ साथै ऋण लाख्दछ।

६) राति सुत्नु अघि जहिले पनि घरको भान्सा कोठा र बाथरुममा एक बाल्टिन पानी भरेर राख्ने गर्नुहोस् । भान्सा कोठामा पानी भरेर राख्दा ऋणबाट मुक्ति मिल्दछ भने बाथरुममा पानी भरेर राख्दा जीवनमा उन्नतिको बाटोहरु खुल्दछन् ।

Leave A Reply

Your email address will not be published.