टेलिभिजन कार्यक्रम ‘साउन्ड रिबेल्स’ ले दर्शकको मन जित्दै

अर्थ नेपाल काठमाडौं /नेपाली टेलिभिजन जगतमा थुप्रै सांगित सम्बन्धी कार्यक्रमहरु उत्पादन र प्रशारित हुँदै आएको छ । त्यहि अन्तर्गत एउटा छुट्टै बिधा को संगित रक मेटल सम्बन्धी कार्यक्रमहरु भने छैन यहि कुरालाई मध्यनजर राखी र रक मेटल संगितका पारखीहरुको पनि संवादलाई ध्यानमा राखी एपि वान टेलिभिजन ले ‘साउन्ड रिबेल्स’ नामक रक मेटल संगित कार्यक्रम प्रश्तुत गर्दै आएको छ । विभिन्न नेपाली रक मेटल संगित समूहको अन्तर कुन्तरको कथा र उनिहरुको संगित प्रश्तुत गर्ने यो कार्यक्रम हरेक मंगलबार बेलुकी १० बजे प्रशारण हुन्छ । कार्यक्रममा अझै चिर परिचित अन्डर्ग्राउन्ड र मेनस्ट्रीम रक मेटल ब्यान्डहरुलार्इ फिचर गर्दै लैजाने प्रतिबद्धता कार्यक्रमका निर्माता छायांकार एवं निर्देशक अमृत सुनुवारले गरेका छन् ।

Comments (0)
Add Comment