रामपुर  । पाल्पाको रामपुरमा बोलबम कार्यक्रम सोमबार सम्पन्न ।

रामपुर  । पाल्पाको रामपुरमा बोलबम कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

व्राह्मण समाज रामपुर नगर समितिको  आयोजनामा भएको बोलबम कार्यक्रम रामपुर नगरपालिका वार्ड न.१, स्थित टापुधामको शिवालयमा जल अर्पण गरे संगै बोलबम यात्रा सम्पन्न गरिएको हो । सनातन धर्मको संरक्षण तथा धार्मिक जागरणको लागि बोलबम कार्यक्रम राखिएको बताइएको छ ।रामपुर नगरपालिका वार्ड न.१० स्थित बालसिद्धबाट शुरु  भएको यात्रा नगर भित्रका प्रसिद्ध धाम/शिबालयहरुमा  जल अर्पण गर्दै भक्तहरूको टोलीले बोलबम उच्चारण गर्दै भजनकृतन सहित कार्यक्रम समापन गरिएको हो ।

टापुधाम स्थित मन्दिर परिसरमा भएको समापन कार्यक्रम ब्राह्मण समाज रामपुरका अध्यक्ष हरि खनालको अध्यक्षता जिल्ला सदस्य राजेन्द्र लम्सालको स्वागत बाट सुरु भएको थियो । बक्ताहरुमा स्थानियबासी एब रेडियो पाल्पा एफ.एमका स्टेसन प्रबन्धक  बिक्रम सिंह ठकुरी धार्मिक अभियन्ता एब समाजका सचिब राजेन्द्र ढकाल लगायत हुनुहुनुथ्यो साथै समाजको तर्फबाट मन्दिरलाई नगद सहयोग समेत हस्तान्तरण गरिएको बोलबम यात्रामा सामाजिक,राजनैतिक र आध्यात्मिक ब्यक्तित्वहरुको उल्लेखनीय सहभागिता थियो । उक्त कार्यक्रम समाजका सचिब ओम प्रकाश रेग्मीले संचालन सहजीकरण गर्नुभएको थियो ।

Comments (0)
Add Comment