क्लियरिङ्ग हाउसको अध्यक्षमा अधिकारी चयन

अर्थ नेपाल संवाददाता
काठमाडौं /नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा जनकबहादुर अधिकारी चयन भएका छन्।
अधिकारीले २०७३ असोज १२ देखि नेपाल राष्ट्र बैंकको तर्फबाट कम्पनीको संञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका छन्। कम्पनीको १०६ औं संञ्चालक समिति बैठकबाट उनी सर्वसम्मत अध्यक्ष पदमा चयन भएका हुन्।
हाल उनी नेपाल राष्ट्र बैंक थापाथलीका कार्यकारी निर्देशक रहेका छन्।
कम्पनीको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंकबाट तीन जना, विकास बैंक, वित्तीय कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजिज्बाट एक एक जना प्रतिनिधि रहेका छन्।

हाल ८३ सदस्य बैंक तथा वित्तीय संस्थाहरुका ३,१८० शाखाहरुबाट खिचिएका चेकहरु कम्पनीको एनसिएचएल इसीसी प्रणालीमार्फत राफसाफ हुँदै आएको छ।

Janakbadur Adhikari
Comments (0)
Add Comment