लोकप्रिय गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठको यो प्यारो बर्दिया (भिडियो सहित)

अर्थ नेपाल काठमाडौं /लोकप्रिय गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठको स्वरमा रहेको यो प्यारो बर्दियाको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा शब्द सावित्रि गौतमको रहेको छ ।
बर्दियामा नै गएर छायांकन गरिएको यस गीतको भिडियोमा त्यहाँको रमणीय दृश्यहरु देख्न सकिन्छ । अमृत सुनुवारको छायांकन र निर्देशन रहेको भिडियोलाई माधव बेल्वासेले सम्पादन गरेका हुन । गायक श्रेष्ठले नै भिडियोमा अभिनय गरेका छन् । गीतको भाव अनुसार भिडियो निर्माण गरिएको छ ।

Comments (0)
Add Comment