गाउँपालिकाले हिजो एक कार्यक्रम गरी सम्मान पत्र र नगद मार्फत सम्मान गरेको थियो । खेलाडीहरुलाई सम्मान गर्दै निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले स्थानिय स्तर बाटै खेलकुदको विकास गर्न गाउँपालिकाले थप कार्यक्रम गर्दै अघि बढ्ने बताउनु भयो । गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको कार्यक्रमको संञ्चालन निस्दी गाउँपालिकाका प्रवक्ता एवं वडा नं. ६ का वडा अध्यक्ष मेख बहादुर सुनारीले गर्नु भएको थियो ।
मण्डली स्पोर्टले आयोजना गरेको दोस्रो मण्डली कप भलिबल प्रतियोगितामा निस्दी गाउँपालिका बाट दुई समुहले सहभागीता जनाएको थियो ।