पाल्पाली संगमको नयाँ कार्यसमिति चयन

 काठमाडौँ, १९ जेठ  ः पाल्पाबाट काठमाडौ आई बसोबास गर्दै आएका पाल्पालीहरुको सवै भन्दा पुरानो साझा संस्था पाल्पाली संगमको शनिबार नयाँ कार्यसमिति चयन गरिएको छ । निवर्तमान उपाध्यक्ष पदम न्यौपानेको अध्यक्षतामा गठित कार्यसमितिको उपाध्यक्षमा सेमन्तमणी खराल र केशव आचार्य, महासचिवमा विष्णु खत्री, सचिवमा जीवन भण्डारी र पाण्डव खत्री र कोषाध्यक्षमा सनिल नेपाल निर्वाचित हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा रामचन्द्र भण्डारी, संजयकुमार श्रेष्ठ, संजय भट्टराई, गोपाल राना, थान बहादुर कुँवर मगर, सिता कार्की, मञ्जु ढकाल आचार्य र बालकृष्ण पोखरेल रहनु भएको निर्वाचन समितिका संयोजक राजेश पन्थीले जानकारी दिनुभयो । काठमाडौमा बस्ने पाल्पालीहरुलाई संगठित गरी पाल्पाको पर्यटन, कला, संस्कृतिको प्रचार तथा प्रवद्र्धन गर्ने विविध कृयाकलाप गर्दै आइरहेको संस्था झण्डै चालिस बर्षदेखि क्रियाशिल रहेको छ ।

Comments (0)
Add Comment