दु्र्गेश मल्ल
रामपुर नगरपालिकाले शनिबार रामपुर ८ को आँपचौरमा राहत वितरण सुरु गरेको छ । परिवार संख्याको आधारमा नगरपालिकाले चामल, दाल, तेल, नुन, साबुन, चना संगै माक्स, जिवनजल, सिटामोल र साईनेक्स लगाएतका औषधी समेत प्याकेज बनाएर वितरण गरिरहेको छ । १ जना मात्रको परिवारलाई ५ केजी चामल, १ केजी दाल, आधा लिटर तेल, १ केजी नुन, १ वटा साबुन, १ केजी चना, २ देखि ४ जनाको परिवारलाई २० केजी चामल, २ केजी दाल, १ लिटर तेल, १ केजी नुन, २ वटा साबुन, २ केजी चना र ५ जना भन्दा माथिको परिवारलाई २५ केजी चामल, ३ केजी दाल, साढे १ लिटर तेल, २ केजी नुन, ३ वटा साबुन, ३ केजी चना वितरण गरेको छ ।
सदस्य भएको प्रतिपरिवार नेपाल सरकारले तोकेको मापडण्द अनुसार वितरण सुरु कार्यविधि तयार गरी नगरले जनप्रतिनिधि, प्रशासन र प्रहरीको रहोबरमा राहत वितरण गरेको जनाएको छ । वडा नं. ८ का वडा सदस्य मोहन श्रेष्ठले वडाका १ सय ५१ परिवार मध्ये शनिबार ६० बढी परिवारलाई वितरण गरिएको र भोली अन्य टोल बाट वितरण गरिने बताउनुभयो । त्यस्तै राहत संगै कालीगण्डकी एग्रो फार्मले राहत लिन आएका वडा नं. ८ का नागरिकहरुलाई प्रति परिवार १० वटाका दरले निशुल्क अण्डा वितरण गरेको थियो । रामपुर
रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले विपन्न परिवारको अवस्थालाई मध्यनजर गर्दै राहत कार्यक्रम सुरु गरिएको बताउनुभयो छ । उहाँले भन्नुभयो, ‘पहिलो चरणमा जो विपन्न छन् । दिनभरीको मजदुरीले साँझ घरमा जस्को चुल्हो बल्छ त्यस्ता परिवारको पहिचान गरी राहत दिन सुरु गरेका छौं । साथै छुट्न पुगेका परिवारलाई अर्को पटकमा समेट्ने छौं ।’ थापाले लकडाउन कहिले सम्म रहने निश्चित नभएको भन्दै आवश्यकता अनुसार राहतलाई अघि बढाउने बताउनुभयो । थापाका अनुसार अहिले पहिलो चरणमा २१ लाख बढीको राहत वितरण गर्न लागिएको जानकारी दिनुभयो ।