रामपुर पाल्पामा निर्मित शहिद  गेटको समुद्घाटन 

पाल्पा । रामपुर नगरपालिका वडा नम्बर ५ को सानी अमराईमा निमार्ण गरिएको सहिद गेट उद्घाटन गरिएको छ । शनिबार लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धन बहादुर मास्कीले उद्घाटन गर्नुभएको हो ।

२०४६ सालको जन आन्दोलन मा राज्य पक्ष बाट मारिएका सूर्य घिमिरे र सशस्त्र द्वन्द्वकालमा ज्यान गुमाएका यमनाथ पाठक जमुना कुमाल ,दिपक मल्ल, दुर्गा बहादुर राना, ऐतु राना लगायत सहिदहरुको स्‍मृतिमा प्रदेश सरकार को आर्थिक सहयोगमा उक्त सहिद गेट निमार्ण गरिएको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य द्वय राजु प्रसाद श्रेष्ठ दीपेन्द्र पुन रामपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेल, रामपुर नगरपालिकाका निवर्तमान उपप्रमुख एवं सहिद सुर्य प्रसाद घिमिरेको सुपुत्री विष्णु देवी घिमिरे आचार्य लगायतले मन्तब्य राख्नुभएको थियो साथै बिभिन्न आन्दोलनमा शाहदत्त प्राप्त गर्नुभएका शहिद परिवारलाई सम्मान गरिएको थियो!

शहिद यमनाथ पाठकका धर्मपत्नी दिलमायाँ पाठकको अध्यक्षतामा भएको कार्यक्रम नेकपा माओवादी केन्द्र रामपुर नगर कमिटी उपाध्यक्ष लक्ष्मी ढकालको स्वागत र माओवादी केन्द्र रामपुर नगर कमिटी नगर अध्यक्ष यम बहादुर सुनारको सञ्चालनमा भएको हो ।

Comments (0)
Add Comment