जिल्ला सम्मेलन गर्दै पाल्पा कांग्रेस !

तानसेन ! नेपाली कांग्रेस पाल्पा ले जिल्ला सम्मेलनको आयोजना गर्ने भएको छ। नेपाली कांग्रेस जिल्ला कार्य समिति सभापति हिमाल दत्त श्रेष्ठ ले यही मङ्सिर ३० गते सम्मेलनको मिती घोषणा गरेको जानकारी दिनु भयो !
नेपाली कांग्रेसको विधान को धारा १२ को उपधारा (३)बमोजिम पार्टीले जिल्ला सम्मेलनको आयोजना गरेको उहाँले बताउनु भयो । पार्टिका क्षेत्रिय प्रतिनिधि सहित गाउँ कार्यसमिती र नगर कार्यसमितीका सभापति सम्मेलनका सदस्य हुनेछन ! सम्मेलनमा नेपाली कांग्रेसको वडा, पालिका र क्षेत्रीय सम्मेलनबाट प्राप्त सुझावका बिषयमा गहन रुपमा छलफल हुने बताइएको छ ।
उद्घाटन र बन्द सत्र गरी २ चरणमा हुने सम्मेलन विगत वर्षका कार्यक्रमहरुको समीक्षा हुनेछ । साथै आगामी वर्षका लागि प्रस्तावित कार्ययोजनासहितको प्रतिवेदन प्रस्तुत गरिने नेपाली कांग्रेस पाल्पा जनाएको छ ।

Comments (0)
Add Comment