सहकारी संस्थाका लागि ऋण व्यवस्थापन सम्बन्धी तालिम रामपुरमा सुरु !

I

रामपुर पाल्पा – सहकारी संस्थाहरुका लागि ऋण व्यवस्थापन सम्बन्धी तीन दिने तालिम रामपुरमा सुरु भएको छ । सहकारी संस्थाबाट प्रवाह हुने ऋणको व्यवस्थापन तथा लगानी परिचालन कसरी गर्ने भन्ने विषयमा जानकारी गराउनका बिहिवार देखी सुरु भएको हो ।

तालिमको एक कार्यक्रमका विच उट्घाटन गरिएको छ । तालिमको उद्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले हरेक सहकारीले उत्पादनको क्षेत्रमा ऋण प्रवाह गर्न आग्रह गर्नुभयो । उहाँले नगर भित्र सञ्चालित सहकारीले लगानी गर्दा लगानी गर्नका लागि मात्र नभएर उत्पादन र ऋणको सही सदुपयोग गर्न सक्ने आधार यकिन गरेर मात्र लगानी गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । नगर भित्रका हरेक सहकारीको कार्य सम्पादन अनुगमन गर्ने भन्दै नगर प्रमुख थापाले सहकारी संस्थाको प्रबर्द्धनका लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । साथै नगरपालिकाले सञ्चालन गरेको युवा स्वरोजगार कार्यक्रममा सहकार्य गर्न सहकारी संस्थाहरुलाई अनुरोध समेत गर्नु भएको छ ।

कार्यक्रममा रामपुर नगरपालिका आर्थिक विकास समितिका संयोजक दुर्गादेवि भण्डारी गौतमले नगरबासीको आर्थिक समृद्घिका लागि सहकारीको महत्वपूर्ण भूमिका हुने भन्दै उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन आग्रह गर्नुभयो । ३ दिन सम्म चल्ने तालिमको सहजीकरण रामपुर नगरपालिकाको रोजगार शाखा संयोजक गणेश प्रसाद रेग्मीले गरिरहनु भएको छ । तालिममा रामपुर नगरपालिका भित्रका २१ जनाको सहभागिता रहेको छ । रामपुर नगरपालिकाको सभाहलमा भएको तालिम शुभारम्भ कार्यक्रम रामपुर नगरपालिका आर्थिक विकास समितिका संयोजक दुर्गा देवि भण्डारी गौतमको अध्यक्षता, नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यता र महिला तथा बालबालिका शाखा प्रमुख पुजा परियारको सञ्चालनमा सम्पन्न भएको हो ।

Comments (0)
Add Comment