साहित्यिक रचना बाचन सहित नेपाली कांग्रेस पाल्पाको नयाँ बर्षको शुभकामना कार्यक्रम सम्पन्न  ।

तानसेन ।  

   पाल्पा जिल्ला स्थित नेपाली भाषा ,कला र साहित्य तर्फ कलम चलाऊने साहित्यिक  ब्यक्तित्वहरुको रचना बाचन सहित  

नेपाली कांग्रेस  पाल्पाले २०८१ सालको शुभकामना आदान प्रदान कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ ।

परम्परागत भन्दा फरक शैलिको कार्यक्रम नेपाली काङ्ग्रेस पाल्पाको आयोजना तथा नेपाली लेखक संघ पाल्पाको संयोजनमा भएको कार्यक्रम बारे रेडियो पाल्पालाई जानकारी दिदै नेपाली कांग्रेसका सभापति हिमाल दत्त श्रेष्ठ भन्नुहुन्छ “राजनीति बाह्य पद्धति हो, जसको अन्तरात्मासँग प्रत्यक्ष सम्बन्ध हुँदैन तर साहित्यको स्वरूप फरक हुन्छ साहित्यको सम्बन्ध मान्छेको मन र हृदयसँग रहन्छ । राजनीति भनेको भौतिक बिकास मार्फत जनतालाई सुखी र समृद्ध बनाउने मात्र 

नभै खुशी तुल्याउनु पनि हो जो साहित्य र कला मार्फत सम्भव छ ।यही सन्देश दिन पनि यस्तो शैलिको कार्यक्रमको आयोजना गरेका हौ ।“ 

कार्यक्रममा नेपाल भुपु सैनिक संघका केन्द्रीय अध्यक्ष मेघराज टेन्डन,पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंह वरिष्ठ साहित्यकार हेमनाथ शर्मा,नेपाली लेखक संघका सल्लाहकार सदस्य एवम पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर राज रेग्मी,नेपाली लेखक संघका सल्लाहकार एवम प्रदेश प्रतिनिधि डा. शंकर प्रसाद गैरे,साहित्यकार चित्रवलि राम सुवाल लगायत विभिन्न भातृ एवम शुभेच्छुक सस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रममा करिब ४० जना साहित्यकारहरूले रचना वाचन गरेका थिए भने वयोवृद्ध साहित्यकार हेमनाथ शर्मालाई सम्मान गरिएको थियो ।

नेपाल रेडक्रस सोसाइटी पाल्पाको सभाहलमा भएको कार्यक्रममा साहित्यकारहरूले देशको वर्तमान राजनीति बिषय बस्तु,विकास पुर्वाधार,युवा शक्तिको पलायन, नेपाली काङ्ग्रेस पाटीले अबलम्बन गर्नुपर्ने विषयबस्तुमा केन्द्रीकृत रहि रचना बाचन गरेका थिए । कार्यक्रमको अवसरमा नयाँ बर्ष २०८१ सालको उपलक्षमा शुभकामना आदान प्रदान गरिएको थियो ।  कार्यक्रम नेपाली काङ्ग्रेस पाल्पाका पुर्व सभापति राजन प्रसाद पन्तको प्रमुख आतिथ्यता नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठको सभापतित्वमा र नेपाली काङ्ग्रेस पाल्पाका सचिव सुनिता अधिकारीले स्वागत र नेपाली लेखक संघ पाल्पाका अध्यक्ष गोविन्द खनालको  सञ्चालनमा सम्पन्न भएको थियो ।

Comments (0)
Add Comment