धार्मिक एबम्  प्रयटकिय स्थान टापुधाममा साहित्यिक कार्यक्रम सम्पन्न । 

रामपुर /  रामपुर साहित्य प्रतिष्ठानको नियमित रचना बाचन कार्यक्रम सम्पन्न भएको छ। प्रतिष्ठानका अध्यक्ष मित्रलाल गौतमको अध्यक्षतामा र रामपुर नगरपालिका वार्ड न १ का अध्यक्ष   एबम् नगर प्रबक्ता कपिल बहादुर खांणको प्रमुख आतिथ्यतामा नगरपालिका वार्ड न १ स्थित धार्मिक एवम् प्रयटकिय स्थल टापुधाममा भएको कार्यक्रममा करिब २ दर्जन साहित्यनुरागीले आफ्नो रचना बाचन गरेका थिए  ।  राष्ट्रियता, राजनीति, धर्म-संस्कृति, सामाजिक न्याय र प्रकृती-प्रेम सम्बन्धि कबिता बाचन गरेका थिए भने हाईकु, गजल समेत सुनाएका थिए ।

कार्यक्रममा प्रतिष्ठानका सदस्य र केही आगन्तुक बाटपनि रचना प्रस्तुत भएको थियो जसमध्ये गोविन्द प्रसाद रिजाल ,दानस मल्ल ,तारा प्रसाद सेढाई,बसन्त बहादुर थापा ,गिरिधारी सिग्देल ,समिर पौडेल ,नारायण समर्पण ,सरिता रेग्मी ,कुन्ता गैरे ,खगुपती घिमिरे ,नोलराज भण्डारी ,लेखनाथ शर्मा मरासिनी ,हुमा देवकोटा ,शोभा अधिकारी ,दिपकमणी अर्याल ,मित्रलाल  गौतम, रमेश पोखरेल ,आर पि पाण्डे ,मन बहादुर भुजेल ,बिमला थापा ,बाशुदेव ढकाल साधक गोविन्द रिजाल लगायत हुनुहुन्थ्यो  ।  

कार्यक्रममा प्रमुख अतिथि रामपुर नगरपालिका वार्ड न १ का अध्यक्ष एबम् नगर प्रबक्ता कपिल बहादुर खांणले साहित्य र राजनीति यी दुवै कुरा जनसमुदायसँगै सम्बन्धित छन् । मान्छे र ऊ बाँचिरहेको समाजको उन्नति, प्रगति र समृद्धिका बारेमा चिन्तन र प्रयास गर्नु नै राजनीति र साहित्य दुवैको मूल प्रयोजन भएको बताउनुभयो । यस खालको घुम्ती रचना बाचन कार्यक्रमले नयाँ-नयाँ ठाउँको प्रचार प्रसार हुन सजिलो हुने बताउदै आफ्नो वार्डमा आयोजना गरेकोमा धन्यवाद समेत  ब्यक्त गर्नु भयो फरक प्रसँगमा यस्तो प्रकारको सस्था बचाईराख्न् स्थानिय सरकारको सक्दो प्रयास रहने बताउनुभयो ।  

कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष हुमा देवकोटाले धन्यवाद र कार्यक्रम संचालन संचालन सचिब दिपकमणी  अर्यालले  गर्नु भएको थियो ।

Comments (0)
Add Comment