Explore the Radio Palpa in shortly.

रेडियोको बारेमा

रामपुर मिडिया प्रा.ली.द्वारा सञ्चालित रेडियो पाल्पा ९७.१ मेगाहर्जले २०७० साल माघ ५ गते देखि परिक्षण प्रसारण र २०७० साल फागुन ५ गते देखि विधिवत रुपमा नियमित प्रसारण सुरुवात गरि अनवरत रुपमा जनतालाई सुशुचित गर्दै आएको छ । समाजका विकृति विसंगति हटाउँदै सभ्य समाज निर्माण तर्फ अग्रसर हुन, लक्ष्यित वर्गको उत्थान, कलासंस्कृतिका र सम्पदाको संरक्षण गर्न र जनतालाई सहि सत्य सुचना प्रदान गर्न रेडियोले २०७२ सालको महाभुकम्प होस् वा विभिन्न समयमा आएका विपत्ति केहिको प्रवाह नगरी नियमित रुपमा बिहान ५.०० बजेदेखि राति ११ बजेसम्म प्रसारण गर्दै आईरहेको छ । स्थापित सञ्चारकर्मीको पहलमा सत्य तथ्य सुचना तथा स्वस्थ मनोरञ्जन प्रदान गरी सर्वसाधारण जनतालाई सुसूचित गराउन, समाज विकास र सशक्तिकरणका लागि आवाज वुलन्द गर्न र आवाज विहिनको आवाज मात्र नभई साहारा विहिनको बैशाखी समेत वन्ने लक्ष्यका साथ स्थापना भएको एफ.एम.को प्रसारण क्षेत्र मुख्य गरी पाल्पा नै भए पनि प्रसारण नवलपरासी, तनहुँ, स्याङ्जा, देखि उत्तरपश्चिमको गुल्मी, अर्घाखाँची, पर्वत, मुस्ताङ, धादिङ, गोरखा, रुपन्देही तथा आसपासका जिल्लाहरुमा समेत स्पष्ट सुनिएको सर्वेक्षण बाट पत्ता लागिसकेको छ । यसरी हेर्दा यस एफ एमको श्रोता करिब ११ लाख भन्दा माथी रहेको अनुमान गरिएको छ । आगामी दिनमा सुचना शिक्षा र मनोरञ्जनको साधनको रुपमा आफुलाई स्थापित गराउन यस एफ एमले आफ्नो प्रसारण उपकरण तथा स्टुडियो समेत बदलिंदो परिस्थिती अनुरुपको अत्याधुनिक प्रयोग गरिएको कारण हामी गुणस्तरीय सेवा दिन सक्छौं भन्ने विश्वास दिलाउन चाहन्छौं । खोजमूलक र समाजको सकारात्मक परिवर्तनमा टेवा पु¥याउने खालका कार्यक्रम साहित्यीक कार्यक्रम अनि विशुद्ध मनोरञ्जनात्मक कार्यक्रम, स्थानीय तथा राष्ट्रिय समाचार बुलेटिन समेत प्रशारण गरिएको जानकारी गराउदछौं ।

रेडियो पाल्पा संक्षिप्त परिचय

कल साइन: रेडियो पाल्पा
फ्रिक्विन्सी: ९७.१ मेगाहर्ज
ठेगाना: रामपुर नगरपालिका, ५ पाल्पा
फोन: ०७५– ४००३५४, ०७५– ४००३५५, ०७५– ४००३५६
इमेल: radiopalpafm@gmail.com
क्षमता: ५०० वाट
प्रशारण समय: १८ घण्टा (विहान ५ बजे देखि राती १० बजे सम्म)
प्रशारणक्षेत्र: पाल्पा, स्याङ्जा, तनहुँ, नवलपरासी देखि उत्तरपश्चिमको गुल्मी, अर्घाखाँची, पर्वत , मुस्ताङ, धादिङ, गोरखा तथा रुपन्देही, चितवन सहितका जिल्ला
लक्षित वर्ग: मिश्रित
अनुमानित श्रोता: ११ लाख भन्दा बढि
उद्देश्य:
(क)सत्य तथ्य सुचना तथा स्वस्थ मनोरञ्जन प्रदान गरी सर्वसाधारण जनतालाई सुसूचित गराउने ।
(ख) समाज विकास र सशक्तिकरणका लागि आवाज वुलन्द गर्ने ।
(ग)हामी आवाज विहिनको आवाज मात्र हैन साहारा विहिनको बैशाखी समेत बन्न चाहान्छौ ।
थप जानकारीका लागि:
बजार व्यवस्थापक: ९८५७०६८५९३, ९८४७१७९६९३