Explore the Radio Palpa in shortly.

रामपुरको एक विद्यालयलाई जापानिज नागरिकको सहयोग

0

पाल्पा (रामपुर) पाल्पाको विभिन्न स्थानमा सहयोग गर्दै आउनु भएका जापानिज नागरिक काजुमासा काकीमी ओके बाजेले रामपुरको एक विद्यालयलाई रकम सहयोग गर्नु भएको छ ।
नर्सरी देखि कक्षा सम्म पढाई हुँदै आएको रामपुर नगरपालिका १ खटाङ स्थित शिवशक्ति वैकल्पिक विद्यालयलाई विद्यालय संञ्चालनको लागि एक लाख रुपैयाँको चेक हस्तान्तरण गर्नु भएको हो । साना नानी बाबुहरु पढ्न जानको लागि टाढा भएको भन्दै स्थानियहरुले आफ्नै स्रोतमा विद्यालय संञ्चालन गर्दै आएको हो । गाउँ बाट नजिकको विद्यालय पुग्न कम्तीमा पनि ५ किलोमिटर पर जानु पर्ने बाध्यता भएको भन्दै स्थानियहरुले चन्दा मार्फत बाँसले बारेको भवनमा पठन पाठन हुँदै आएको छ ।
विद्यालयमा स्थानिय शिक्षकहरुले न्यून पारिश्रमीक लिएर सेवा दिदै आएका छन् । काकीमीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम तिवारीलाई चेक हस्तान्तरण गर्नु भएको थियो । उहाँले यस अघि पनि विद्यालयलाई ५० हजार सहयोग गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.