Explore the Radio Palpa in shortly.

३२ जिल्लामा एमाले र माओवादीको भागबण्डा (हेर्नुहोस् सूचि)

0

अर्थ नेपाल संवाददाता
काठमाडौं / आगामी मंसिर १० गते पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले भागबण्डा टुंगो लगाएको छ। ३२ जिल्लामा निर्वाचन क्षेत्र भागबण्डामा एमालेले २१ र माओवादीले १६ क्षेत्र पाएका छन्।

माओवादी केन्द्र चार जिल्लामा र एमाले तीन जिल्लामा निल हुने भएका छन् । दुई वटा निर्वाचन क्षेत्र भएका जिल्लाहरु सिन्धुपाल्चोक, नुवाकोट र बाग्लुङमा प्रतिनिधिसभातर्फ १ १ क्षेत्र दुवै दलले बांँडेका छन्। भने धादिङका दुवै क्षेत्र एमालेले र गोरखाका दुवै क्षेत्र माओवादीको भागमा परेको छ। साथै भोजपुर र सोलुखुम्बुबाहेक १ नम्बर प्रदेशका अधिकांश हिमालीरपहाडी जिल्ला एमालेको भागमा परेको छ भने ६ नम्बर प्रदेशमा डोल्पा र मुगुबाहेक पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरु माओवादीले पाउने भएको छ। यता मनाङ, मुस्ताङ, मुगु र बाजुरामा माओवादीले प्रदेशतर्फ पनि कुनै क्षेत्र पाएको छैन भने रोल्पा र दुवै रुकुममा कुनै पनि क्षेत्र एमालेको भागमा परेको छैन।

 

एमाले – २१

१, ताप्लेजुङ

२, पाँचथर

३, खोटाङ

४, संखुवासभा

५, ओखलढुंगा

६, दोलखा

७, सिन्धुपाल्चोक– २

८, रसुवा

९, नुवाकोट २

१०, धादिङ– १

११, धादिङ– २

१२, मनाङ

१३, मुस्ताङ

१४, म्याग्दी

१५, बाग्लुङ– १

१६, डोल्पा

१७, मुगु

१८, बझाङ

१९, बाजुरा

२०, बैतडी

२१, दार्चुला

माओवादी – १६

१, भोजपुर

२, सोलुखुम्बु

३, रामेछाप

४, सिन्धुपाल्चोक– १

५, नुवाकोट– १

६ ,गोरखा १

७, गोरखा २

८ ,बाग्लुङ २

९, रोल्पा

१० ,रुकुम पूर्व

११, रुकुम पश्चिम

१२, जुम्ला

१४, कालीकोट

१५, हुम्ला

१६, जाजरकोट

Leave A Reply

Your email address will not be published.