Explore the Radio Palpa in shortly.

शी जिनपिंग माओपछि ‘सबैभन्दा शक्तिशाली’

0

 

 एजेन्सी /चीनको सत्ताधारी कम्युनिष्ट पार्टीले राष्ट्रपति शी जिनपिंगको विचारधारालाई संविधानमा समावेश गर्ने निर्णय गरेको छ ।

संविधानमा शीलाई चीनका पहिलो नेता र संस्थापक माओत्से तुंगको दर्जा दिइएको छ । सन् २०१२ मा चीनको राष्ट्रपति बनेपछि शीको चीनको सत्तामा पकड लगातार बलियो हुँदै गयो ।

संविधानमा ‘शी जिनपिंग थट’ लेख्ने पक्षमा सर्वसम्मतिले मतदान गरियो । कम्युनिष्ट पार्टीकी कांग्रेसको अन्त्यमा यो निर्णय लिइयो ।

बेइजिङमा बन्द ढोका भित्र यो कांग्रेसमा दुई हजारभन्दा बढि प्रतिनिधी समावेश भए । यो चीनको सबैभन्दा महत्वर्पूर्ण राजनीतिक बैठक हो जसमा आउँदो पाँच वर्षमा देशको कमान कसको हातमा होला भन्ने विषयमा निर्णय गरिन्छ ।

शी जिनपिंग थटः

कम्युनिष्ट पार्टीको कांग्रेस अक्टोबर १८ देखि सुरु भएको थियो । यसको सुरुवातमा शी जिनपिंगले तीन घण्टा लामो भाषण दिएका थिए । आफ्नो भाषणमा शीले ‘नयाँ युगमा चीनियाँ विशेषताका साथ समाजवाद’ दर्शनलाई पहिलो पटक पेश गरे ।

शीले यो दर्शलाई पार्टी कांग्रेसमा राखेपछि पार्टीका शीर्ष अधिकारी र मिडियाको तर्फबाट यसको लगातार कुरा गरिएको थियो । यसलाई शी जिनपिंग थट भन्न थालियो । त्यति नै बेला यो कुराको संकेत पाइएको थियो कि शीले पार्टीले आफ्नो छाप छोड्न सफल भए ।

बीबीसी चीनकी सम्पादक क्यारी ग्रेसीका अनुसार पार्टीको संविधानमा ‘शी जिनपिंग थट’ प्रतिस्थापित हुनुको अर्थ प्रतिद्वन्द्वी अब शक्तिशाली शी जिनपिंगलाई कम्युनिष्ट पार्टीको नियम उल्लेख नगरी चुनौती दिन सक्दैनन् ।

यसअघि पनि कम्युनिष्ट पार्टीका नेताले आफ्नो विचार व्यक्त गर्दै आएका छन् तर माओत्से तुंगबाहेक कसैको पनि विचारलाई पार्टी संविधानमा थटको रुपमा स्थान दिइएको थिएन । माओ र देंग जियाओपिंगको नाम मात्र पार्टी संविधानमा उनीहरुको विचारलाई समावेश गरिएको थियो ।

अब स्कूलका बच्चा, कलेजका विद्यार्थी, सरकारी कर्मचारी, ९ करोड कम्युनिष्ट पार्टीका सदस्यले शी जिनपिंगको थट पढ्नेछन् । चीनमा शी जिनपिंग थटका साथै नयाँ तरिकाले चीनियाँ समाजवादी युग सुरु भएको छ । पार्टीले यो नयाँ युगलाई आधुनिक चीनको तेस्रो च्याप्टर बताएको छ ।

पहिलो चरण चेयरम्यान माओको थियो जसले गृहयुद्धमा फसेको चीनलाई निकाल्नका लागि मानिसहरुलाई एकजुट गरेका थिए । दोस्रो चरण देंग जियाओपिंगको रह्यो जसको शासनकालमा चीन थप एकजुट भयो । जियाओपिंगले चीनलाई अनुशासित र विदेशमा बलियो बनाए ।

अब तेस्रो युग जिनपिंगको सुरु भएको छ । अब शी जिनपिंगको नाम पार्टी संविधानमा समावेश गरिएको छ जसपछि उनलाई कसैले पनि चुनौती दिन सक्नेछैनन् जबसम्म कम्युनिष्ट पार्टीको नियममा कुनै आँच आउँदैन ।

बीबीसी

 

Leave A Reply

Your email address will not be published.