Explore the Radio Palpa in shortly.

वाम गठवन्धनले देश र जनताको हित गर्छ : अध्यक्ष दाहाल

0

अर्थ नेपाल संवाददाता
चितवन /आगामी निर्वाचनको परिणामले एमालेसँगको पार्टी एकतामा कुनै असर नगर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रष्ट पारेका छन् ।
भरतपुरमा प्रेस सेन्टर र प्रेस चौतारी चितवनले गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले पार्टी एकता संयोजन समिति समेत बनिसकेकोले भन्दै एकता प्रक्रियामा शंका नगर्न अपील गरेका छन् । वाम गठवन्धनले देश र जनताको हित गर्ने उनको दावी छ ।
साथै दाहाले विगतमा कांग्रेससँग गरिएको निर्वाचन केन्द्रित तालमेल र अहिले एमालेसँग गरिएको गठवन्धन फरक भएको बताए ।
अध्यक्ष दाहालले भने– ‘देशमा धेरै पार्टी हुनुभन्दा कम पार्टी हुनु देश र जनतको आवश्यकता हो । यो प्रकृयाको शुरुवात हामीले गर्‍यौं, कांग्रेसमा पनि त्यो प्रक्रिया सुरु भएको छ, यो देश र जनताको हितमा छ ।’

Leave A Reply

Your email address will not be published.