Explore the Radio Palpa in shortly.

हुन्डाईको नयाँ कार पोखरामा

0


अर्थ नेपाल पोखरा/नेपालका लागि हुन्डाइ कारको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले वहुप्रतिक्षित ५ औं संस्करणको ‘दि नेक्स्ट जेन भेर्ना’ कार पोखराको वजारमा उतारेको छ ।
उक्त कारलाई सोमवार लक्ष्मी हुन्डाईका कार्यकारी निर्देशक सुनिल श्रेष्ठ र निर्देशक सुजल श्रेष्ठले विक्रीका लागि शुभारम्भ गरेका थिए ।
सो अवरसरमा कम्पनीका पोखरा शाखाका प्रमुख भिम सिंह खत्रीले कारको विशेषताका वारेमा जानकारी दिंदै हुन्डाईको भेर्ना कार पारखीहरुका लागि पहिलो रोजाई बन्न सक्ने दावी गरे । उनले नेपालका सवै डिलरहरु वाट एक साथ विक्री सुरु गरिएको जानकारी दिंदै विश्वमा ९० लाखले हुन्डाईका कारहरु प्रयोग गरिरहेको वताए ।
सोमवार विक्रि शुभारम्भ गरिएको उक्त कारलाई कम्पनीले ३ वटा मोडेल र ५ विभिन्न रङ्गमा ल्याएको छ । जसको मुल्य ४२ लाख ९६ हजार देखि ४६ लाख ९६ हजार सम्म पर्ने कम्पनीले जनाएको छ । ‘कारको आर्कषक वनावट, अत्याधुनिक विशेषता र ५० प्रतिशत भन्दा वढी उच्च कोटीको स्टिलको प्रयोगले पनि कार वलियो र सुरक्षित निर्माणको उत्कृष्ट संगालो’ भएको कम्पनीको दावी छ ।

 

Leave A Reply

Your email address will not be published.