Explore the Radio Palpa in shortly.

गोकर्णश्वर नगरपालिकाले अपांगले स्थापना गरेको अष्टाबक्र सहकारीलाई कर छुट गर्ने

0

अर्थ नेपाल काठमाडौं /अष्टाबक्र वचत तथा ऋण सहकारी संस्था लि.को नवौं वार्षिक साधारणसभा तथा अधिवेशन कार्तिक २५ गते शनिवार गोकर्णेश्वर नगरपालिका नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रको हातामा सम्पन्न भएको छ । २८ जना अपाङ्गता भएका व्यक्तिहरुको सक्रियतामा २०६५ साल माघमा स्थापना भएको उक्त सहकारीले अपाङ्गताको क्षेत्रमा बेतबाँसको सामग्री निर्माण गरी आर्थिक उपार्जन बढाउन‘बेतवासको सामान उत्पादन तथा बजारीकरण’ आयोजना संचालन गर्ने, अपाङ्गता भएका व्यक्ति एवं विपन्न्न महिलाहरुको समुह वचत गराउँदै सामुहिक जमानी रहने गरी लघुबित्त कार्यक्रम सञ्चालन गर्ने, सो कार्यका लागि पुँजीगत स्रोत व्यवस्थापन गर्नको लागि नेफ्स्कुन, नेपाल राष्ट्र बैक, राष्ट्रिय सहकारी बैंक, विभिन्न वाणिज्य बंैकहरुसंग सहकार्य गर्ने निर्णय गरेको छ ।
संस्थाले यसै साधारणसभामा विश्व महिला नेतृत्व सञ्जालको अष्टाबक्र सिस्टर सोसाइटी नेपाल गठन समेत गरेको छ ।
कायक्रममा प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले अपाङ्ग व्यक्तिहरुको आर्थिक सवलिकरण र हितमा सञ्चालन भएको सहकारीलाई आफूले सक्दो सहयोग गनुका साथैं आ.व ०७४÷०७५ देखि नै सम्पूर्ण कर छुट गर्ने बताए । संस्था सञ्चालनमा ल्याएको खगेन्द्र स्मृति छात्राबृत्ति कोष मा पनि आफ्नो सहयोग रहनेछ भने । गोकर्णेश्वर न. पा का प्रत्येक वडामा अपांग व्यक्तिहरुको पहुँच रहने गरी अपांगमैत्री सौचालय बनाउने कार्य पनि छिट्टै गर्ने समेत जानकारी गराए ।
अपांगताका क्षेत्रमा कार्यरत यो सहकारीको चुक्ता शेयर पुँजी ३३,७२,०००÷–, निक्षेप १,३९,०२,४०२÷– संकलन गरी सदस्यहरुमा रु। १,३६,६७,८००÷– लगानी गरेको र संस्थाले सञ्चालन गरेको खगेन्द्र स्मृति छात्रबृत्ति कोषमा रु २,१६,२०८÷– पुग्नुका साथै अष्टाबक्र स्वास्थ्य उपचारकोष यसै सभाबाटै स्थापना गरी रु। ५,००,०००÷– पु¥याई सदस्यको स्वास्थ्य उपचारमा सहयोग गर्ने, सहकारी खेलकुद, लघुवित्त, र विभिन्न स्वरोजगार मुलक तालिम लगाएतका कार्यक्रम गर्ने जानकारी गराउदैं सहकारीका सचिव विदुरकुमार थापाले आफूले पनि खगेन्द्र स्मृति छात्रबृत्ति कोषमा रु.२०,००० सहयोगको घोषणा गरे । उनले सदस्यहरुको भावना अनुरुप जग्गा भाडामा लिई आवास निर्माण गरी पुनःस्थापनाको कार्य समेत अगाडी बढाउने बताए ।
कार्यक्रममा सहकारीले समाजसेवी एवं दाहाल समाजका अध्यक्ष शिवप्रसाद दाहाललाई संस्थाले स्थापना गरेको खगेन्द्र स्मृति छात्रबृत्ति कोषमा रु। ५१,०००÷–सहयोग गरेकाले सम्मान पनि गरेको छ ।
सोही साधारणसभाले नयाँ सञ्चालक समिति, लेखा समिति र ऋण लगानी उप–समिति समेत चयन गरेको छ । जसको सञ्चालक समितिमा अध्यक्षमा ढुण्डिराज चालिसे ,उपाध्यक्षमा भगवान कोइराला, सचिवमा कमला अधिकारी, कोषाध्यक्षमा सरस्वती चौलागाई, सदस्यमा झम्क बहादुर भण्डारी,कल्पना भूजेल,देवी आचार्य, कुमार खत्री पौंडेल, रामप्यारी कार्की , लेखा समिति संयोजक कृष्ण कँडेल ,सदस्य सोनिका ढकाल, भोजराज बस्ताकोटी र ऋण लगानी उप–समिति संयोजक रामप्रसाद कोईराला,सदस्य बरुणाकुमारी लामिछाने, काँशीनाथ सुवेदी निर्बिरोध निर्वाचित भएका छन् । अपांगता भएका व्यक्तिद्धारा स्थापना गरिएको सो सहकारीले द्येउसी–भैलो कार्यक्रम, सरसफाई कार्यक्रम,सदस्य शिक्षा कार्यक्रम र लगानीका कार्यक्रम संचालन गर्दै आएको छ ।
संस्थाको यस साधारण सभामा स्थानीय संघसंस्थाका व्यक्तित्वहरुले यो सहकारी सहकारी अभियानमा नमूना बन्न सक्नुपर्ने बताए । सभामा संसथाका कोषाध्यक्ष सरस्वती चौलागाईले सहकारी गीत प्रस्ततुत गरेकी थिइन् भने सञ्चालक सदस्य कुमार पौडेलले पनि गीत गाएर सांस्कृतिक प्रतिभा प्रस्तुत गरे । सभामा १००जना सदस्यहरुको उपस्थिति रहेकोे कार्यक्रम संस्थाका सदस्य चुडामणी पौंडेलले गरका थिए ।

Leave A Reply

Your email address will not be published.