Explore the Radio Palpa in shortly.

जसले आफैं फेसबुकको फोटो ‘ब्ल्याक एण्ड ह्वाइट’ बनाए

0

अर्थ नेपाल काठमाडौं / माओवादी केन्द्रका अध्यक्ष प्रचण्डपुत्र प्रकाश दाहालले अब कहिल्यै फेसबुक चलाउने छैनन् । प्रकाशको फेसबुकमा रहेको प्रोफाइल तस्वीरसमेत ‘ब्ल्याक एण्ड ह्वाइट’ बनिसकेको छ । उनी सामाजिक सञ्जालमा सक्रिय हुने व्यक्ति हुन । प्रचण्डको स्वकीय सचिव रहेका उनी प्रचण्डको कार्यक्रमहरुको बारेमा फेसबुक, टूइटरमा अफडेट गर्ने गर्दथे । उनको फेसबुक समाचारका लागि महत्वपूर्ण स्रोत भन्दै आएको थियो । उनी फेसबुकबाट प्रचण्डका कार्यक्रमहरु लाइभ गर्ने गर्दथे ।

 

संयोग पनि कस्तो मृत्युपूर्व अगाडि नै प्रकाश दाहाल आफैंले रंगीन ‘प्रोफाइल पिक्चर’ हटाएर फेसबुकमा ‘ब्ल्याक एण्ड ह्वाइट’ तस्वीर राख्न भ्याएका छन् ।
कृष्णबहादुर महरासहितको सामुहिक रंगीन तस्वीर हटाएर प्रकाशले अघिल्लो साता नै आफ्नो प्रोफाइल तस्वीर ‘ब्ल्याक एण्ड ह्वाइट’ बनाएका थिए । नेपाली संस्कारअनुसार, मृत्यु भइसकेको मानिसको तस्वीर श्यामश्वेत बनाउने चलन छ ।
आफ्नो फेसबुकको अन्तिम पोष्टिङमा भने प्रकाश दाहालले केही पनि नलेखिकन छोराको तस्वीर राखेका थिए ।

दाहालले आफ्नो फेसबुकको कभर फोटोमा बलिरहेको दीयो राखेका छन् । त्यहा उनी छोराका साथमा देखिन्छन् । र, उनले दशैं, तिहार र छठमा स्वदेश र विदेशमा रहेका दाजुभाइ दिदीबहिनीहरुलाई दिएको शुभकामना नै जीवनको अन्तिम शुभकामना बन्न पुगेको छ । उनको फेसबुक अब कहिले अपडेट हुँदैन ।

 

 

प्रकाश दाहालको फेसबुक

Leave A Reply

Your email address will not be published.