Explore the Radio Palpa in shortly.

आँखा शिविरमा ८५ को शल्यक्रिया

0


सचिता बुढाथोकी, अर्थ नेपाल
बेसीशहर /लायन क्लव काठमाडौं समृद्धिको आयोजनामा लमजुङको बेसीशहरमा भएको आँखा शिविरमा ८५ जना मोतियाबिन्दु भएका विरामीहरुको शल्यक्रिया गरिएको छ । आँखा शिविरको कार्तिक २५, २६ र २७ गते सञ्चालन भएको थियो । तीन दिनसम्म सञ्चालित निःशुल्क आँखा शिविरमा चार सय जना लाभान्वित भएको आजोजक संस्था लायन एरिया कोर्डिनेटर शम्भुबहादुर थापाले बताउनु भयो । विगत चार वर्षदेखि लायन क्लव काठमाडौं समृद्धिले लमजुङका आँखाका विरामीहरुलाई लक्षित गरी निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ ।आँखा शिविरमा पहिलो दिन आएका विरामीहरुकामाझ इन्टरनेसनल एसोसिएन अफ लायन क्लवका अध्यक्ष भरतप्रसाद ढुंगेलले उद्घाटन गर्नुभएको थियो । अध्यक्ष ढुंगेलले लायन क्लवको मुख्य उद्देश्य आँखाका विरामीहरुलाई लक्षित भएको बताउँदै यसै क्षेत्रमा लायन क्लवले सरकारको कामको ३३ प्रतिशत हिस्साको सेवा प्रवाह गर्दै आइरहेको लायन क्लव काठमाडौं समद्धिले विगत चार वर्षदेखि लगातार प्रत्येक वर्ष लमजुङमा आँखाका विरामीहरुका लागि नयाँ प्रविधिसहित आँखा शिविर सञ्चालन गरेको छ । शिविरमा मुख्यत मोतीयाबिन्दु भएका विरामीहरुलाई लक्षित गरी सञ्चालन भएको आयोजकले बताएको छ ।निःशुल्क आँखा शिविर सञ्चालनका लागि डा। पुजा कार्की, टोनिका दाहाल, डा। राकेश पुजवती र अन्य स्वास्थ्यकर्मीहरुको टोलीले सेवा प्रदान गर्नुभएको थियो । आँखा शिविर सञ्चानका लागि लायन्स क्लव काठमाडौं युएन पार्क नयाँ बानेश्वर, पोखरा माउन्टेन सिटीको आयोजना, नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको प्राविधिक सहयोग र लमजुङ उद्योग वाणिज्य संघको समन्वय रहेको थियो ।

Leave A Reply

Your email address will not be published.