Explore the Radio Palpa in shortly.

हुम्लामा तारा एयरको विमान दुर्घटना हुँदा दुर्इ पाइलटसहित ५ घाइते

0

हुम्ला / हुम्लाको सिमिकोटमा आज बिहान उडान भर्ने क्रममा तारा एयरको विमान दुर्घटना भएको छ ।
कल साइन नाइन एनएवीएम विमान उड्ने क्रममा दुर्घटना भएको हो । विमानको अघिल्तिरको भागमा क्षति भएको छ ।   विमान धावनमार्गको छेउबाट तल्लोपट्टि खसेको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार, दुर्घटनामा पाइलटसहित पाँचजना घाइते भएका छन् । घाइतेहरूमा पाइलटद्वय वसन्त लामा र अनुप गुरूङ रहेका छन् ।


घाइतेहरुको सिमिकोट अस्पतालामा उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।विमानका पाइलट वसन्त लामा रहेका थिए ।

Leave A Reply

Your email address will not be published.