Explore the Radio Palpa in shortly.

डाक्टर समेत चुनावमा खटाईए पछि प्राथमिक स्वास्थ्य केन्द्र सिमरामा भाेटे ताल्चा

प्राथमिक स्वास्थ्य केन्द्र सिमराको डा. अनुस था को कार्यकक्ष
0

१५ मंसीर, सिमरा । सुप्रिया ढकाल 

यदि तपाई सिकिस्त बिरामी लिएर प्राथमिक स्वास्थ्य केन्द्र सिमरा पुग्नु भयो भने प्रवेशद्वारमा भोटे ताल्चा भेट्नुहुने छ । एमबिबिएस डाक्टरदेखी अन्य स्वास्थ्यकर्मी अहिले स्वास्थ्य केन्द्रमा नभई चुनावी क्षेत्रमा भेटिने छन् । सरकारले स्वास्थ्यकर्मीलाई समेत निर्वाचनमा खटाए पछि यस्तो अवस्था सिर्जना भएको हो ।

24251979_1906472243013420_229214587_n
ताला लगाईएको प्राथमिक स्वास्थ्य केन्द्र सिमरा

निर्वाचनको ६ दिन अघिदेखी सरकारले डाक्टर सहितका कर्मचारीलाई निर्वाचनमा परिचालन गरेको छ । शुक्रबार देखि सबै जसो सरकारी कार्यालय चुनावको भोली पल्टसम्म बन्द गरिएको हो । तर स्वास्थ्य संस्था समेत बन्द गराएर सबै कर्मचारीलाई निर्वाचनमा परिचालन गर्दा सर्वसाधारणको स्वास्थ्य प्रति सरकार अलिकति पनि गम्भिर नभएको पुष्टि हुन्छ ।

प्राथमिक स्वास्थ्य केन्द्र सिमरामा कार्यरत दुई जना एमबिबिएस डाक्टर सहित नर्स समेत चुनावी कार्यक्रममा बिभिन्न मतदान केन्द्रमा खटिएको केन्द्रका प्रमुख डा. अनुस थाले बताए । निर्वाचनमा खटिनु पर्ने आफुहरुको बाध्यता रहेको भन्दै डा. थाले सर्वसाधारणमा नराम्रो प्रभाव परेकोमा क्षमा समेत मागे । डा. थाले निर्वाचन पछि मात्रै ओपिडी सहितको सम्पुर्ण सेवा सञ्चालनमा आउने जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.