Explore the Radio Palpa in shortly.

कांग्रेसलाई हृदयघात हुदैछ–नेपाल

0

१५ मंसीर, सिमरा । कपुरबोट डेस्क
नेकपा एमालेका बरिष्ठ नेता एवंम् पुर्वप्रधानमन्त्री माधव कुमार नेपालले नेपाली कांग्रेस चाडै हृदयघातको शिकार बन्ने अवस्थामा रहेको बताएका छन् । बाम गठबन्धनको चुनावी नतिजा पछि कांग्रेस उठ्नै नसक्ने गरी पछारिने उनको दावी छ । बाराको सिमरामा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै नेता नेपालले कम्युनिष्ट सरकारले नै नया नेपाल बनाउन सक्ने जिकिर गरे । जनताको चाहाना अनुरुप परिवर्तनका लागी बामपन्थी सरकार ल्याउन कसैले छेक्न नसक्ने उनको ठम्याई छ ।

24251962_1668941516469707_1996217800_n
अगुवा कार्यकर्ता भेलामा सहभागी हुदै पुर्वप्रधानमन्त्री माधव कुमार नेपाल

कुनै समय कम्युनिष्ट पार्टी सानो हुदा कांग्रेसले हेपेर ४ सिट छुट्याएको सम्झिदै उनले कांग्रेसलाई १ सिट थपेर ५ सिटमा सिमित पार्ने भन्दै कडा आलोचना गरे । देशभर बामपन्थीको लहर रहेको उल्लेख गर्दै नेता नेपालले बारामा पनि बामगठबन्धनका सबै उम्मेदवारलाई अत्याधिक मतले बिजय गराउन कार्यकर्ता निर्देशन दिए । “बारा बामगठबन्धनको प्रभाव क्षेत्र रहेको भएपनि ढुक्क भएर नबस्नुस्”–नेता नेपालले भने ।

कांग्रेस देशैभर पैसाको बलले निर्वाचन लड्न तम्सिएको भन्दै त्यसलाई जनताले कौडीको मोल नदिने उनको तर्क छ । गृह जिल्ला रौतहटबाट काठमाण्डौं फर्कने क्रममा नेता नेपालले सिमरामा कार्यकर्ता भेटघाट गरेका हुन् । सोही अवसरमा राष्ट्रिय जनमोर्चा परित्याग गरि सिमरामा सक्रिय महिला नेतृ शुशिला आचार्य नेकपा एमालेमा प्रवेश गरेकि छन् । आचार्यलाई नेता माधव कुमार नेपालले अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए ।

Leave A Reply

Your email address will not be published.